बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • खानेपानि मर्मत गर्न जाँदा ढुंगा लागेर मृत्यु भएका रोकायाको परिवारलाई १ लाख सहयोग

खानेपानि मर्मत गर्न जाँदा ढुंगा लागेर मृत्यु भएका रोकायाको परिवारलाई १ लाख सहयोग

  • बुधबार, भदौ २४, २०७७
खानेपानि मर्मत गर्न जाँदा ढुंगा लागेर मृत्यु भएका रोकायाको परिवारलाई १ लाख सहयोग

कोल्टीमा खानेपानीको हाहाकार भएपछि खानेपानी मर्मतका लागि पाईप बोकेर जाने क्रममा मृत्यु भएका जगत राेकाया परिवारलाइ बुढिनन्दा नगरपालिकाले आर्थिक सहयाेग गरेकाे छ । पानि मर्मत जाने क्रममा भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएका बुढीनन्दा नगरपालिका ३ का  २८ वर्षिया जगत रोकायाको परिवारलाई नगरपालिकाले राहत स्वरुप क्रिया खर्चवाफत १ लाख सहयोग गरेको छ ।

जगत नगरपालिकाको वडा नं. २ स्थित नुरी भीर माथिबाट खसेको ढुङ्गा लागेर रोकयाको घटनास्थलमै मृत्यु भएको थियो । मृतक रोकायाको आश्रित परिवारको आर्थिक अवस्था नाजक भएकाले मृतकका परिवारका लागि बुढीनन्दा नगरपालिकाले एकलाख सहयोग गरेको हो । मृतक रोकयाको परिवारलाई क्रिया खर्च बाफतको राहत स्वरूप एकलाख रकम सोही नगरपालिकाका नगरप्रमुख पदमकुमार गिरीले हस्तान्त्रण गरेका हुन् । त्यस्तै एशियन लाइफ इन्स्योरेन्सले पनि मृतक रोकायाको परिवारलाइ राहत स्वरुप ४ हजार सहयोग गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार