आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकामा : “उप-प्रमुखको सुत्क्यारो भाँडो”

बडिमालिका नगरपालिकामा : “उप-प्रमुखको सुत्क्यारो भाँडो”

  • मङ्लबार, भदौ २३, २०७७
बडिमालिका नगरपालिकामा : “उप-प्रमुखको सुत्क्यारो भाँडो”

बाजुरा–बडीमालिका नगरपालिकाले सुनाैला हजार दिनका आमा र बच्चालाइ लक्षित गरेर उप-प्रमुखको सुत्क्यारो भाँडो सञ्चालन गरेकाे छ । नगरपालिकाले सञ्चालन गरिरहेको महिलासंग उपप्रमुख कार्यक्रम अन्तरगत उप-प्रमुखको सुत्क्यारो भाँडो नगरका गर्भवति र सुत्केरी आमालाई पाेषिलाे खानेकुरा हस्तान्त्रण गरिएको छ ।

नगरपालिकामा सञ्चालन भईरहेको महिलासंग उपप्रमुख कार्यक्रम अन्तरगत कोभिड-१९ बाट प्रभावित बनेका नगर भित्रका गर्भवति तथा सुत्केरी आमालाई उप-प्रमुखको सुत्क्यारोे भाँडोमा पोषण सम्वन्धि विभिन्न सामाग्री हस्तान्त्रण गरिएको हो । एकजना सुनाैला हजार दिनका आमालाइ १० केजि चामल, ३ केजि गेडागुडि, नुन १ केजि, खाने तेल २ लिटर, दाल २ केजि, ज्वानाे १ सय २५ ग्राम, साबुन २ वटा र १ पाकेट तरकारीकाे बिउँ उक्त कार्यक्रममा हस्तान्तरण गरिएकाे उपप्रमुख कबिता बिष्टले वताइन् । त्यस्तै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले सुत्करि आमालाइ दुध बढाउने अैाषधि वितरण गरेकाे छ ।

बडीमालिका नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, सहास नेपाल आईएनएफ बाजुराको सहकार्यमा नगरपालिका भित्रका सुत्केरी तथा गर्भवति आमाहरुलाई उपप्रमुखको सुत्क्यारोे भाँडो अन्तरगतका पोषण सामाग्री हस्तान्त्रण गरिएको हो । नगरभित्रका सुत्केरी तथा गर्मवति आमा र बालवालिकाको पोषणमा सुधार ल्याउने उद्देश्यले याे कार्यक्रम गरेकाे नगरपालिलकाे जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार