शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • हुम्लाको ताजाकोटका बाढीपहिरो पिडित बिच्चलीमा

हुम्लाको ताजाकोटका बाढीपहिरो पिडित बिच्चलीमा

बिद्यालय समेत पहिरो जोखिममा

  • बिहिबार, भदौ २५, २०७७
हुम्लाको ताजाकोटका बाढीपहिरो पिडित बिच्चलीमा

हुम्ला–हुम्लाको बिकट गाँउपालिका ताजाकोट गाँउपालिका बाढीपहिरो पिडित बिच्चली परेका छन् । साउन २१ गते आएको बाढीपहिरोले गाँउपालिका धेरै गाँउहरु बिस्थापित भएका छन् । बिस्थापित भएका परिवारलाइ तत्काल पाल र सामान्य खाद्यन्नका सामाग्रि दिएको भएपनि बिच्चलीमा परेका छन् ।
गाँउपालिका सुचना प्रबिधि अधिकृत बिशाल ढकालका अनुसार गाँउपालिका २ सय ५३ परिवारका घर भत्केर पुर्ण रुपमा बिस्थापित भएको वताएका छन् । बिस्थापित भएका सबै परिवार पाल तथा अरुको घर गोठमा बसिरहेका वताएका छन् । पहिराले खानेपानि बगाउदा खानेपानिको समेत अभाब भएको गाँउपालिकाले वताएको छ । केहिका घर भत्किएका छन्, भने केही परिवार पहिरोको जोखिममा रहेको गाँउपालिकाले जनाएको छ ।


गाँउपालिकामा रहेका १८ बिद्यालय मध्ये अधिकांश बिद्यालय पहिरोको जोखिममा रहेका छन् । धर्मदय माबि, चन्द्र प्रकाश माबि र जनप्रकाश माबि पहिरोले भत्काएको छ भने अन्य बिद्यालय पनि पहिरोको जोखिममा रेहेका गाँउपालिका उपाअध्यक्ष मञ्जु बुढाले वताएकि छन् । एकगाँउ बाट अर्को गाँउ जाने बाट समेत नहुँदा आवतजावतमा समस्या भएको बुढाले वताईन् । गाँउपालिका भवन पहिरो जोखिममा छ भने अध्यक्ष बस्ने क्वाटर पहिरोले बगाएको छ ।


ताजाकोट गाँउपालिका ३ मैला बस्ने केला दमाईले भनिन्, घर भत्किएर पालमा बसिरहेको वताईन् । घरमा बस्न सक्ने अबस्था छैन्, अर्को ठाँउमा घर लगाउने जग्गा छैन्, अहिले चौरमा पाल टागेर बसिरहेको वताईन् । केलाले भनिन् सरकारले अर्को ठाँउमा जग्गाको ब्यबस्थापन गरेर पुर्नस्थापना गर्नुपर्ने वताईन् । पुरै गाँउपालिका बाढीपहिरो जोखिममा रहेको गाँउपालिका अध्यक्ष बागदल मल्लले वताए । बाढीपहिरो पिडितलाई सामान्य राहत भन्दा बाहेक अरु केहि दिन सकेका छैनौ, बिस्थापित परिवार बिच्चलीमा रहेको अध्यक्षले बताएका छन् ।


बाढीपहिरो आएको केहि समय पछि कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रि दल बहादुर रावल, आर्थिक मामिला मन्त्रि प्रकाश ज्वालाले स्थलगत अनुगमन सँगै सामान्य राहत बितरण गरेका थिए । गाँउपालिका अध्यक्ष बागदल मल्लले भने गाँउपालिका धेरै गाँउमा बिस्थापित भएका छन्, तिनिहरुलाई पुर्नस्थापना गर्नका लागि पहल भइरहेको वताएका छन् । संघको सरकार सँग कुरा भइरहेको छ, गृहमन्त्रि राम बहादुर थापा र कर्णाली प्रदेशका मुख्य मन्त्रि महेन्द्र शाहिलाई स्थलगत भम्रण गराउनका लागि पहल भइरहेको वताएका छन् । सबै भन्दा बढि वडा नम्बर ३ र ४ का गाँउहरु पुर्नस्थापना गर्नुपर्ने मल्लले वताए । ताजाकोट गाँउपालिका सदरमुकाम सिमकोट बाट तिन चार दिन पैदल दुरिमा रहेको छ । यो गाँउपालिका बाजुरा र मुगुको सिामान सँग जोडिएको छ ।

चर्चामा

सम्बन्धित समाचार