शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अर्थ
  • काठमाडौंमा २ हजार कालिज हुर्काउँदै छन् सुदूरपश्चिमका तीन युवा

काठमाडौंमा २ हजार कालिज हुर्काउँदै छन् सुदूरपश्चिमका तीन युवा

  • बुधबार, भदौ २४, २०७७
काठमाडौंमा २ हजार कालिज हुर्काउँदै छन् सुदूरपश्चिमका तीन युवा

धनगढी– कैलालीका राजेन्द्र सिंह, अछामका प्रकाश शाह र मिलन रावालले संघीय राजधानी काठमाडौंमा कालिज फर्म संञ्चालन गरेका छन्। अध्ययनकै शिलशिलामा काठमाडौंमा बस्दै आएका उनीहरुले गत चैतदेखि व्यवसायीक रुपमा कालिज पालन सुरु गरेका हुन्। सिंह र रावल संगै अध्ययन गर्दै आएका थिए भने शाहसंग उनीहरुको चिनजान थियो।

सोही क्रममा सिंह र रावलले जापान जाने तयारी गरे। पटकपटकको प्रयास असफल भएपछि अर्थात भिसा नलागेपछि उनीहरुले काठमाडौँमै कालिन पालन सुरु गरेका हुन्। फर्म संञ्चालक मध्येका एकजना शाह कोरोना प्रभावका कारण अमेरिकामै छन् भने सिंह र रावल काठमाडौंमा फर्म संञ्चालन गरिरहेका छन्। विदेशमै रहेका शाहले काजिलको फर्म सञ्चालन गर्न सुझाव दिएपछि कालिज पालन सुरु गरिएको हो।

‘जापान जाने तयारी गरेका थियौं तर भिसा लागेन,’ फर्म संञ्चालक सिंहले भने, ‘विदेश जाने योजना असफल भएपछि कृषिमा लाग्ने तयारी भयो।’ कालिज फर्म संञ्चालन गरेपछि आम्दानी पनि राम्रो हुने देखिएपछि यसमा लागेको उनले बताए। जापान जाने सपनालाई त्याग्दै ८० लाखको लागनीमा संञ्चालन गरिएको फर्ममा दुई हजार कालिज राखिएको छ। कोरोना प्रभावकैबिचमा पनि एक सय भन्दा बढी कालिज बिक्री भएका छन्।

जसबाट मात्रै साढे तीन लाख भन्दा बढी आम्दानी भएको उनीहरु बताउँछन्। काठमाडौं, पोखरा लगायत स्थानबाट चल्ला ल्याएर आफ्नै फर्ममा हुर्काएर बिक्रि गरेपछि मनग्य आम्दानी गर्न सकिने विश्वास उनीहरुको छ। काठमाडौंको किर्तिपुरामा १५ रोपनी क्षेत्रफलमा खप्तड कालिज फर्म संञ्चालन गरिएको सिंहले बताए। उक्त फर्म उपत्यकाकै सबैभन्दा ठुलो रहेको दावी उनको छ।

‘फर्ममा राखिएका भाले कालिजहरु पाँच महिनापछि तीन हजार ५ सय भन्दा बढीमा बिक्रि गर्न सकिने देखिएको छ,’ फर्म संञ्चालक सिंहले भने, ‘पोथी कालिजहरु भने अन्य चल्ला उत्पादनका लागि राखेका छौं।’ कोरोनाको प्रभाव सकिने वित्तिकै फर्म संगै रिसोर्ट संञ्चालन गर्ने तयारी समेत भईरहेको छ। त्यसको केही समयमा नै उक्त फर्मको शाखा धनगढीमा समेत राख्ने दावी गरिएको छ। साभार 

चर्चामा

सम्बन्धित समाचार