बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • बाजुराको काँग्रेस सभापतिमा यी युवालाई नेतृत्व हस्तान्तरण होला र ?

बाजुराको काँग्रेस सभापतिमा यी युवालाई नेतृत्व हस्तान्तरण होला र ?

  • बुधबार, भदौ २४, २०७७
बाजुराको काँग्रेस सभापतिमा यी युवालाई नेतृत्व हस्तान्तरण होला र ?

बाजुरा–नेपाली काँग्रेसको महाधिवेशन कार्यतालिका सार्वजनिक गरे लगत्तै नेपाली काँग्रेस बाजुरा भित्र पनि अबको नेतृत्व लिनका लागि नेताहरुले दौडधुप अगाडि बढाएका छन् । पाटि सभापतिको लागि युवाको पनि चर्चा शुरु हुन थालेको छ । युवा वर्ग जिल्ला देखि केन्द्र सम्म युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने चर्चा पनि शुरु भएको छ ।
पार्टीले आगामी जिल्ला अधिबेशन मंसिर महिनामा गर्ने निर्णय भएपनि कोरोनाको कारण केही ढिला हुन सक्ने सम्भाबना रहेको छ । अबिधेशन आउनै लाग्दा अहिले स्थानिय तहमा नेताहरुको दौडधुप पनि तिब्र रुपमा चलेको छ । नेताहरुको दौडधुप सँगै बाजुरामा युवाहरुको पनि चर्चा शुरु हुन थालेको छ ।
यदि बाजुरामा काँग्रेसले युवालाई नेतृत्व हस्तान्तरण गरे पाटि सभापतिको उम्मेदवार जिल्ला कार्यसमिति सचिब दिपक बिक्रम शाह र सहसचिब नरेन्द्र रोकायाको चर्चा शुरु हुन थालेको छ । बाजुरामा नेपाली काँग्रेस भित्र २ वटा धार रहेका छन् । एउटा जनकराज गिरी र अर्को देबराज जोशीको धार हुन् । यसरी पाटि भित्रको धार हेर्ने हो भने युवालाइ प्राथमिकता दिदा देबराज जोशीको लाइन बाट दिपक शाह र जनकराज गिरीको पक्ष बाट नरेन्द्र रोकाया देखिएका छन् ।
दिपक शाह अहिले पाटि सचिब र बुढिगंगा नगरपालिका नगरप्रमुख हुन् । नरेन्द्र रोकाया पाटि सहसचिब र जिल्ला समन्वय समिति प्रमुख हुन् । दुबै जना अलग अलग धारमा बिगत देखि प्रष्ट लाइनमा उभिदै आएका छन् । यदि काँग्रेस बाजुराले युवालाई नेतृत्व दिने हो भने दुबै जना फरक फरक गुटका बलिया उम्मेद्धार हुन सक्ने देखिन्छ ।
राजनितिक पृष्ठभुमिमा हेर्ने हो भने दिपक बिक्रम शाह २०५९ साल देखि नेपाल बिद्यार्थी संघको राजनितिक यात्रा शुरु गरेको देखिन्छ । पढाइमा निकै अब्बल रहेका शाह कक्षा ८ देखिनै बिद्यार्थी राजनितिकमा लागेका थिए । त्रिशक्क्ति उमाबिमा इकाइ सभापति हुदै २०५० सालमा नेविसंघ बाजुराका अध्यक्ष बद्रि पाण्डे हुँदा शाह सहसचिब थिए ।
जिल्ला बाट पढाइको सिलसिलामा काठमाडौ छिरेका शाह त्रिचन्द्र क्याम्पसका इकाइ सभापति समेत भएका थिए । त्रिचन्द्र बाट स्वीयु सभापतिमा टिकट पाएका शाहले पराजय भोगेका थिए । नेपालि काँग्रेस जिल्ला कार्यसमितिमा भने उनि सिधै पहिलो पटक सचिबमा निर्वाचित भएका थिए । राम सिं रावलको गुट बाट लडेको तिलक पुरिलाइ पराजय गरेर सचिममा निर्वाचित भएका थिए । युवाको नेतृत्वमा शाह अब्बल उम्मेद्धवार देखिदै आएका छन् । शाहले बडिमालिका खबर सँग भने सभापतिमा नयाँलाई नेतृत्व दिनुपर्छ त्यसमा आफ्नो बलियो उम्मेद्धवार रहेको वताए ।
दिपक बिक्रम शाह जस्तै बिद्यार्थी राजनितिमा लागेका नरेन्द्र रोकाया २०५४ बाट बिद्यार्थी राजनिति हुदै जिल्ला कमिटिमा प्रबेश गरेका थिए । २०६३ सालमा नेपाल बिद्यार्थी संघ बाजुराको सचिब पदमा निर्वाचित भएका थिए । २०६७ सालमा रोकायाले जिल्ला कमिटि सदस्यमा प्रबेश गरेका थिए । २०६८ सालमा जिल्ला कार्यसम्पादन मुल्याकंन समिति सदस्य भएका थिए । २०७२ सालको अधिबेशनमा जिल्ला कमिटि सदस्य निर्वाचित हुदै सहसचिबमा मनोनित भएका थिए ।
रोकाया स्थानिय चुनावमा वडा सदस्यमा निर्वाजित भएका थिए । बाजुरामा काँग्रेसले जनप्रतिनिधिमा बहुमत ल्याएपछि जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएका थिए । सत्यमाबि बाट रोकायाले बिद्यार्थी राजनितिक यात्रा शुरु गरेका थिए । रोकायाले भने आफ्नो पनि पाटि सभापतिको उम्मेद्धवारी रहेको वताए । सबै सँग सल्लाह गर्छौ नयाँ र युवालाई नेतृत्व दिनुपर्छ भन्ने हो, त्यसमा आफु बलियो उम्मेद्धवार रहेको रोकायाको दाबि रहेको छ ।
दिपक शाहको पक्षमा सभापति कबिराज पण्डित, पुर्व माननीय देवराज जोशी, पदम शाहि लगायत नेताको समर्थन हुने देखिन्छ । नरेन्द्र रोकायाको पक्षमा पुर्व भुमि सुधार मन्त्रि जनक राज गिरि, केन्द्रिय सदस्य बद्री पाण्डे, पुर्व पार्टी सभापति मन बहादुर रावल लगायतको समर्थन हुने देखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार