आँखा छोपी नरोउ भनी भन्नु पर्या छ.., अलबिदा रबिन्द्र अधिकारी
१७ फागुन, पोखरा । दिवंगत पर्यटनमन्त्री रविन्द्र अधिकारीका १० वर्षीय कान्छो छोरा स्वराज बिहीबार छिमेकी तथा पिताका राजनीतिक सहयात्री धनराज आचार्यलाई सोधिरहेका थिए, ‘अंकल, मेरो बाबा कहिले घर आउनुहुन्छ ?’ तर, शुक्रबार उनी आफ्नो आमासामू अभिभावकजसरी प्रस्तुत भए । रविन्द्रको निधनपछि काठमाडौं ल्याइएकी पत्नी बिद्या भट्टराईलाई आजै काठमाडौंबाट पोखरा लगिएको थियो । स्वराज भने घरमै […]