शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • कोल्टिमा पहिलो पटक कालाजार बिरामीको सफल उपचार

कोल्टिमा पहिलो पटक कालाजार बिरामीको सफल उपचार

  • मङ्लबार, फाल्गुन २५, २०७७
कोल्टिमा पहिलो पटक कालाजार बिरामीको सफल उपचार

बाजुरा–बाजुराको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक कालाजार बिरामीको उपचार भएको छ । यो भन्दा पहिला धनगढी, सुुर्खेत नेपालगञ्ज रिफर गर्नुपर्ने बाध्यता थियो, पहिलो पटक कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. राजुुराज जैशीले वताएका छन् ।
कालाजार बाट ग्रसित भएकि स्वामीकार्तिक खापर गाँउपालिका २ सुुपानाकी १४ बर्षिय अम्बिसना बुुढाको कोल्टिमै उपचार पछि सञ्चो भएको छ । कालाजार चेकजाँच हुुने गरेको थियो, तर उपचारका लागि रिफर गर्ने गरेका थियौ, स्वास्थ्य केन्द्रमा AMBISOME नामक औषधि कोल्टिमै उपलब्ध भएपछि यही उपचार भएको डा. जैशीले वताए । अम्बिसना १ महिना देखि ज्वरोले थलिएकि थिईन्, कोल्टिमा जाँच गर्दा कालाजार भेटिएको थियो ।
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमै उपचार हुुने भएपछि स्थानियलाई सहज भएको छ । जिल्ला बाहिर जाँदा कम्तिमा पनि २० हजार भन्दा बढि खर्च हुुने गरेको थियो, स्वास्थ्य केन्द्रमै सेवा पाँउदा निकै सहज भएको जनस्वास्थ्य निरिक्षक आमेजङ्ग शाहिले वताएका छन् । यो भन्दा पहिला धेरै बिरामीलाई जिल्ला बाहिर रिफर गरेको उनले वताए ।
तराईका जिल्लामा देखिने कालाजार रोग बाजुरामा पनि देखा पर्न थालेको छ । केही महिना पहिला मात्र जगन्नाथ गाँउपालिका ५ का १७ महिनाका देबेन्द्र बुढामा कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा चेकजाँच गर्दा कालाजार देखा परेको थियो । उनलाई नेपालगञ्ज रिफर गरिएको थियो ।
कालाजार रोग तराई जिल्लामा मात्र देखा पर्ने रोग हो । पछिल्लो समयमा पहाड तिर पनि देखा पर्ने थालेको छ । यो रोग भुसिनाको टोकाइ बाट हुने र भुसिनाको टोकाइ बाट सर्ने रोग हो । यो रोगको लक्षण ज्वरो आउने, तौल घटने, कलेजो र फियोमा असर पार्ने र अन्य संक्रमण फैलिएर मृत्यु हन सक्ने रहेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् ।
कोल्टि क्षेत्रमा १ बर्ष पहिला कालाजार बाट एकजना वालिकाको मृत्यु समेत भएको थियो । स्वामीकार्तिक गाँउपालिका ५ जेरा बस्ने १३ बर्षिय भाग्य शाहिको उपचारका क्रममा काठमाडौको कान्ति वालअस्पतालमा मृत्यु भएको थियो । कोल्टिमा उपचारका लागि ल्याईएको थियो कालाजार बाट उनको अबस्था गम्भिर भएकाले काठमाडौ रिफर गरयौ त्यस्तै मृत्यु भएको स्वास्थ्य केन्द्रले जनाएको छ । गएको बर्ष थप दुई जना कालाजारका बिरामी भेटिएका थिए । स्वामिकातिक गाँउ पालिका ५ जेरा बस्ने ११ बर्षिय कञ्चना शाहि र स्वामिकार्तिक गाँउपालिका २ साप्पाटा कि ३ बर्षिय करिश्मा भण्डारीलाई यो रोग देखा परेको थियो ।
स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले त्यो क्षेत्रमा कालाजार रोग देखा परेको बताएका छन् । यो क्षेत्रमा २ बर्ष पहिला मलरिया रोग समेत देखा परेको थियो । अहिले फाटफुट रुपमा कालाजार देखा परदै आएको स्वास्थ्यकर्मीले वताएका छन् । बाजुराका बुढिन्नदा नगरपालिका, स्वामिकार्तिक, हिमाली र जगन्नाथ गाँउपालिका निकै जोखिम रहेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । यी स्थानिय तह निकै बिकट भएकाले कालाजार सम्बन्धि चेतना र नियन्त्रणका लागि पहल नगरे माहामारी फैलन सक्ने स्वास्थ्यकर्मीले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार