मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाज
  • आर्थिक अभाबमा उपचार गर्न नसक्दा एक दलित परिवार बिच्चली

आर्थिक अभाबमा उपचार गर्न नसक्दा एक दलित परिवार बिच्चली

  • सोमवार, फाल्गुन २४, २०७७
आर्थिक अभाबमा उपचार गर्न नसक्दा एक दलित परिवार बिच्चली

बाजुरा–बाजुराको स्वामिकार्तिक खापर गाँउपालिका १ मुुक्तिकोटमा आर्थिक अभाबमा एक दलित परिवार बिच्चलीमा परेको छ । स्थानिय जनक बिकका घरका ५ जना मध्ये ४ जना उपचार अभाबमा बिच्चलीमा रहेको स्थानिय बल बहादुर बिकले वताएका छन् ।
घरमुलि जनक बिक जन्मजात राम्रो सँग आँखा देख्दैनन्, भने उनि श्रीमति र दुुई छोरा छोरी कुुपोषणको चपेटामा परेका छन् । उनको २ महिनाको छोरा कुुपोषणको अभाबमा जिबनमरणको दोसाधमा रहेको छ । पैसा नहुुदा जनक बिकले अहिले सम्म आँखाको चेकजाँच र उपचार गर्न सकेका छैनन्, । जनक भन्छन्, राति अलिअलि देख्ने गरेको छुु, दिउसो भने आँखा नदेख्ने गरेको वताए ।
रेलि बिककी ६ बर्षकी छोरी बिनिता बिक पनि कुुपोषणको चपेटामा रहेकी छन् । रेलि समेत कुुपोषित रहेकी रेलिको दुध समेत नआउदा नाबालक छोरा झन जोखिममा रहेको छ । जन्मेदेखी नै दुध आउदैन्, गाँउले बाट पाउडरको दुध खुुवाएर बचाइरहेको उनले वताईन् । रेलिका यो भन्दा पहिलो कुुपोषणका कारणले ३ वटा बच्चा मृत्यु भइसकेको छ । घरमा खान लगाउन पुुग्दैन्, मागेर परिवार पाल्ने गरेको छुु, कुुपोषणका कारणले आफ्नो दुध नआउने गरेको उनले वताईन् । खाना नपाएर रेलि बिक पनि कुुपोषणको शिकार भएको वताईन् ।
रेलिले भनिन्, कुनै दिन त खानै नपाएर भोकै बस्नुुपर्ने बाध्यता रहेको वताईन्, पोषिलो खाने कुुरा त धेरै टाढा रहेको वताईन् । श्रीमान राम्रो सँग आँखा देख्ने भएको भए ज्याल मजदुरी गरेर परिवार त पाल्थे होलान उहाँ पनि आँखा नदेख्ने भएपछि मागेर खानुुपर्ने भन्दा बिकल्प नभएको रेलिले वताईन् । उनले श्रीमानको आँखाको उपचार र छोराछोरीको कुुपोषण ग्रसितको उपचारका लागि सहयोग गर्न अपिल गरेकी छन् ।
मुक्तिकोेट गाँउ नेपालकै सबै भन्दा गरिब भएको ठाँउ हो । खडेरीको चपेटमा परेको यो गाँउमा उत्पादनले एक महिना पनि खान नपुुग्ने गरेको स्थानियले वताएका छन् । गाँउपालिका अध्यक्ष चिरिञ्जीबि शाहिले भनिन्, त्यो गाँउमा कुुपोषण धेरै रहेको तर यस्तो बच्चाको बारेमा जानकारी भने नभएको वताएका छन् । त्यस्तो भएमा गाँउपालिकाले सहयोग गर्ने वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार