शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • एमाले र माओवादी केन्द्र अलग-अलग दल भएको जानकारी संसद् सचिवालयमा गराउने आयोगको निर्णय

एमाले र माओवादी केन्द्र अलग-अलग दल भएको जानकारी संसद् सचिवालयमा गराउने आयोगको निर्णय

  • मङ्लबार, फाल्गुन २५, २०७७
एमाले र माओवादी केन्द्र अलग-अलग दल भएको जानकारी संसद् सचिवालयमा गराउने आयोगको निर्णय

काठमाडौं– निर्वाचन आयोगले एमाले र माओवादी केन्द्र अलग–अलग दल भएको जानकारी संघीय संसद सचिवालयमा गराउने भएको छ । मंगलबार बसेको निर्वाचन आयोगको बैठकले यस्तो निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार दुवै पार्टी साविककै अवस्थामा कायम रहेको व्यहोराको जानकारी संघीय संसद सचिवालय काठमाडौंसँगै सातवटै प्रदेशसभा सचिवालय र सबै जिल्ला निर्वाचन कार्यालयमा गराउने निर्णय भएको हो ।

आयोगको यो निर्णयसँगै संसद सचिवालयले एमाले र माओवादी केन्द्रका लागि सिटको छुट्टाछुट्टै व्यवस्थापन गर्नुपर्नेछ । अहिलेसम्म एउटै दलको हैसियतमा संसदमा बसेका नेताहरु छुट्टै दलको हैसियतमा बस्नेछन् ।

सर्वोच्च अदालतको फैसलाबाट केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज भएसँगै आयोगले यस्तो निर्णय गरेको हो । आयोगले दल खारेजीको सूचना राजपत्रमासमेत प्रकाशित गर्ने निर्णय गरेको छ।

चर्चामा

सम्बन्धित समाचार