शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • महिला दिवसको अबसरमा उद्यमी महिला सम्मानित

महिला दिवसको अबसरमा उद्यमी महिला सम्मानित

  • सोमवार, फाल्गुन २४, २०७७
महिला दिवसको अबसरमा उद्यमी महिला सम्मानित

बाजुरा- अन्तराष्ट्रिय महिला दिवस अबसरमा उद्यमी महिला सम्मानित भएका छन् । बडीमालिका नगरपालिकाले नगरभित्रका १२ जना उद्यमी महिलाहरुलाई दिवसको अवसरमा सम्मान गरेको छ ।
१११ औं अन्तराष्ट्रिय महिला दिवसको अबसमार महिलाहरुलाई थप हौसला बढोस भनेर सम्मानित गरेको नगरपालिकाले वताएको छ । महिलाहरु घरयासी काममा मात्र भन्दा पनि अन्य व्यवसायमा सक्रिय भई काम गर्दै आएकाले नगरपालिकाले ९ वटै वडाका १२ जना महिलालाई उत्कृष्ट महिला उद्यमीका रुपमा छनोट गरी सम्मान गरेको जनाईएको छ ।
तरकारी खेती व्यवसायदेखि सिकाई कटाई र अन्य व्यवसायमा लागेका महिलाहरुलाई प्रोत्साहन गर्ने गरी सम्मान गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले वताए । सम्मानित हुनेमा पञ्चा रावल, सुन्तला बडुवाल, सिता वि क, मन्धरी विष्ट, चम्पा बडुवाल, पारे थापा र धर्मा रावल रहेकी छन् । त्यस्तै सम्मानित हुने महिला उद्यमीमा देवकी कुमारी कार्की, सेतु कठायत र साधना रोकाया रहेकी छन् ।
बडिमालिका नगरपालिकाले आयोजना गरेको १११ औं अन्तराष्ट्रिय महिला दिवसको उदाहरणीय महिलाहरुलाई थप उद्यममा अग्रसर र उनीहरुको पेशालाई प्रोत्साहन गर्ने गरी सम्मान गरेको महिला तथा बालबालिका समाज उप शाखा प्रमुख केसरी रोकायाले बताएकी छन् । सम्मानित भएकी उद्यमी महिलाहरुलाई प्रमाण पत्र र नगद प्रदान गरिएको छ । महिलाको सुरक्षा सम्मान र रोजगार, समृद्ध नेपालको आधार भन्ने मुुल नाराका साथ १११ औं अन्तराष्ट्रिय महिला दिवस नगर उप प्रमुख कविता विष्टको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र कुमार रोकाया रहेका थिए । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रंगमल वि क ले स्वागत मन्तव्य गरेको कार्यक्रमको संचालन नगरपालिका कर्मचारी विन्दु बडालले वताएकि छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे,प्रहरी नायव उपरिक्षक मदनजीत महरा,सशस्त्र प्रहरी बलका प्रहरी नायव उप।िक्षक दीपक विष्ट, दलित महिला मुक्ती मोर्चा सुदूरपश्चिम प्रदेश संयोजक विनिता वि.क. महिला संघ जिल्ला अध्यक्ष अमृता सिंह र नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंह विशिष्ट अतिथी रहेका थिए ।

चर्चामा

सम्बन्धित समाचार