शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुरामा नेकपाको साइनबोर्ड हटाएर नेकपा एमाले लेखिएको बोर्ड

बाजुरामा नेकपाको साइनबोर्ड हटाएर नेकपा एमाले लेखिएको बोर्ड

  • सोमवार, फाल्गुन २४, २०७७
बाजुरामा नेकपाको साइनबोर्ड हटाएर नेकपा एमाले लेखिएको बोर्ड

बाजुरा–नेकपा बाजुराको पाटि कार्यलयमा नेकपा बाजुराको साइनबोर्ड हटाएर नेकपा एमाले जिल्ला कमिटि बाजुरा लेखेको बोर्ड टासिएको छ । अनेरास्वीयुुका युुवा नेता डेनिश शाहिको नेतृत्वमा नेकपा एमाले लेखिएको बोर्ड टासेको अनेरास्वीयुु वाजुुराका नेता लक्ष्मण रोकायाले वताएका छन् ।

No description available.
नेकपा ओली पक्षधर गएर नेकपा लेखिएको बोर्ड हटाएरु नेकपा एमाले लेखिएको बोर्ड टासेको बुुझिएको छ । नेकपा नामको विवादमा सर्वोच्च अदालतले फैसला दिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली पक्ष देशभर नेकपा एमाले ब्यूँताउन लागिपरेको छ ।
सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएको थियो ।

No description available.बाजुरामा मात्र नभई विभिन्न जिल्लामा रहेका पार्टी कार्यालयमा नेकपाको साइनबोर्ड हटाएर नेकपा एमाले लेखिएको साइनबोर्ड राख्न थालिएको छ । मकवानपुर, मोरङ, नुवाकोट, पर्वतलगायतका जिल्लामा ओली पक्षका कार्यकर्ताले पार्टी कार्यालयमा नेकपाको साइनबोर्ड हटाएर नेकपा एमालेको साइनबोर्ड राखिएको हो ।

चर्चामा

सम्बन्धित समाचार