शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश ७
  • कैलालीमा भीषण आगलागी, गाडीको ग्यारेज जल्दा १ करोडको क्षति

कैलालीमा भीषण आगलागी, गाडीको ग्यारेज जल्दा १ करोडको क्षति

  • मङ्लबार, फाल्गुन २५, २०७७
कैलालीमा भीषण आगलागी, गाडीको ग्यारेज जल्दा १ करोडको क्षति

धनगढी– ३ दिन बित्न नपाउँदै कैलालीमा पुनः ठूलो आगलागीको घटना घटेको छ। जिल्लाको गोदावरी नगरपालिका ५ गेटास्थित अवस्थी ग्र्रुप नजिक रहेको खडक सिंह पालले सञ्चालन गरेको के एस कन्ट्रक्सनमा आगलागी भएको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक प्रेम शाहीका अनुसार मंगलबार विहान ५ बजे अचानक आगलागी भएको हो।

टायर, मोबिल ब्याट्रीलगायतका गाडी निर्माण सामग्री रहेको ग्यारेजमा आगलागी भएको प्रहरीले जनाएको छ। ग्यारेज सञ्चालकलाई उदृत गर्दै प्रहरी नायव उपरीक्षक बिष्टले करिब ८० लाखदेखि १ करोड रुपैयाँसम्मको क्षति भएको दिनेशखबरलाई बताए।

आगलागीको कारण खुुल्न नसकेको बताउँदै उनले धनगढी उपमहानगरपालिका र गोदवारी नगरपालिकाको दमकम, प्रहरी र स्थानीयको संयुक्त प्यासपछि आगो नियन्त्रणमा लिइएको बताइएको छ।

फागुन २२ गते धनगढी उपमहानगरपालिका ६ चटकपुरस्थित आलोक मल्टी कन्सर्नमा आगालागी हुँदा ८ करोड बराबरको क्षति भएको थियो। पछिल्लो समय सुदूरपश्चिममा आगलागीको घटनामा बृद्धि भएका छन्। #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार