हुम्लामा अज्ञात रोगले ८ जनाको मृत्यु, दर्जन बढी बिरामी
हुम्ला, बैशाख १४ : ताजाकोट गाउँपालिकामा अज्ञात रोगले आठ जनाको मृत्यु भएको छ। उक्त रोगबाट एक दर्जनभन्दा बढी बिरामी परेका छन् । ताजाकोट गाउँपालिकाको मैला, मदान, दर्जो गाउँमा एक सातादेखि फैलिएको अज्ञात रोगका कारण शुक्रबारसम्म मर्नेको संख्या आठ पुगेको हो। मृत्यु हुनेमा वडा नम्बर १ का ७० वर्षीया कुशुमा रिठाल, ६० वर्षीय सुरजित खड्का, वडा […]