मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • प्रदेश ७
  • कञ्चनपुरमा २४ हजार घुससहित मालपोत अधिकृत रंगेहात पक्राउ

कञ्चनपुरमा २४ हजार घुससहित मालपोत अधिकृत रंगेहात पक्राउ

  • बिहिबार, चैत्र ५, २०७७
कञ्चनपुरमा २४ हजार घुससहित मालपोत अधिकृत रंगेहात पक्राउ

धनगढी– कञ्चनपुरमा २४ हजार घुससहित मालपोत अधिकृत रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले बिहीबार मालपोत कार्यालयमा कार्यरत मालपोत अधिकृत लोकराज जोशीलाई सेवाग्राहीबाट लिएको घुस रकम सहित पक्राउ गरिएको जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी हरिशचन्द्र जोशीले जग्गाको हाल साविक र कित्ता काटमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट लिएको घुस रकमसहित उनलाई पक्राउ गरिएको जानकारी दिए। अहिले जोशीलाई अख्तियारको हिरासतमा राखिएको छ।

चर्चामा

सम्बन्धित समाचार