मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगाको समन्वयमा अम्कोटका पहिरो पिडितलाई राहत बितरण

बुढिगंगाको समन्वयमा अम्कोटका पहिरो पिडितलाई राहत बितरण

  • बिहिबार, चैत्र ५, २०७७
बुढिगंगाको समन्वयमा अम्कोटका पहिरो पिडितलाई राहत बितरण

बाजुरा — बुढिगंगा नगरपालिका १ अम्कोटका पहिरो पिडितलाई राहत बितरण गरिएको छ । मानवीय सेवामा अनेकौं प्रयास कैलालीको सहयोगमा र बुढिगंगा नगरपालिकाको समन्वयमा साँफ मार्तडि सडक खण्डका पहिरो पिडितलाई राहत बितरण गरिएको बुुढिगंगा नगरपालिका नगरप्रमुख दिपक बिक्रम शाहले वताएका छन् ।
अम्कोट गाँउका १ सय ६ परिवार र अन्य गरि १ सय २० परिवारलाइ चामल दाल लगायत खाद्य सामाग्रि सहयोग गरेको मानवीय सेवामा अनेकौं प्रयासका भक्त राज जोशीले वताएका छन् । सडक खण्ड सँगै अम्कोट बासिको जग्गा पहिरोले वगाएपछि थोरै भएपनि केही महिनाका लागि भएपनि राहत होस भनेर सहयोग गरेको जोशीले वताएका छन् ।
राहत बितरण कार्यक्रममा प्रदेश सांसद भरत बहादुुर खड्का, बुढिगंगा नगरपालिका नगरप्रमुख दिपक बिक्रम शाह, उपप्रमुख तारा खाति, साहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारी लगायतकाको सहभागिता रहेको थियो । मानवीय सेवामा अनेकौं प्रयासले बाजुरामा राहत लगायत अन्य सहयोगका काम गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार