शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • उपचार अभाबमा अलपत्र आउसेको उपचार काठमाडौमा NHEDF ले गरिदिने

उपचार अभाबमा अलपत्र आउसेको उपचार काठमाडौमा NHEDF ले गरिदिने

  • शनिबार, चैत्र ७, २०७७
उपचार अभाबमा अलपत्र आउसेको उपचार काठमाडौमा NHEDF ले गरिदिने

बाजुरा — आर्थिक अभाबमा अलपत्र गौमुुल गाँउपालिका ४ मनाकोट बस्ने ४२ बर्षिय आउसे कामीलाई उपचारका लागि काठमाडौ पठाईएको छ । बडिमालिका खबरमा पैसा अभाबमा अलपत्र परेको सामचार प्रकाशित पछि समाजसेवि सम्राट सिं बस्नेत तथा नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानले (Nepal Healthcare Equipment Development Foundation) उपचार गर्ने गरि काठमाडौ लगेको छ ।
पैसा नभएर अउपचार अभाबमा भौतारिरहेको समचार प्रकाशित भएपछि काठमाडौमा उपचार देखी सबै खान बस्न ब्यबस्थापन गर्ने भएको संस्थाका अध्यक्ष सम्राट सिं बस्नेतले वताएका छन् । संस्थाले सहयोग गर्ने भएपछि आउसेलाई शनिवार बाजुरा बाट काठमाडौमा बसमा पठाईएको बडिमालिका खबरका अनलाईन सम्पादक लक्ष्मिराज पाध्यायले वताए ।
आउसेलाई काठमाडौ जाने भाडा जिल्ला प्रशासन कार्यालय बाजुरामा कार्यरत लेखापाल लालबहादुर बिष्टले ५ हजार सहयोग गरेका थिए । बिष्टले निजामती सेवा पुरस्कार बाट पाएको रकम पिडितलाइ सहयोग गरेका छन् ।

No description available.
खुुट्टाको उपचार गर्ने पैसा नहुँदा जिल्ला अस्पताल बाजुरा र बयलपाटा अस्पताल बाट अन्यत्र रिफर गरेको भएपनि पैसा नहुुदा अलपत्र अबस्थामा रहेको आउसेकी श्रीमति साउनी कामिले बताएकि छन् । गौमुुल गाँउपालिका ४ मनाकोट बस्ने ४२ बर्षिय आउसे कामी आर्थिक अभाबमा उपचार गर्न नसक्दा अलपत्र रहेको मनाकाेट स्वास्थ्य संस्थामा  कार्यरत अनमी लक्ष्मि बोहराले वताएकि छन् । खुुट्टाको उपचार गर्ने पैसा नहुँदा जिल्ला अस्पताल बाजुरा र बयलपाटा अस्पताल बाट अन्यत्र रिफर गरेको भएपनि पैसा नहुुदा अलपत्र अबस्थामा रहेको साउनेकी श्रीमति साउनी कामिले बताएकि छन् ।
आउसेको २०६५ सालमा दायाँ खुुट्टा क्यान्सरका कारणले काटनुु परेको थियो । जेनतेन गरेर उपचार गरे, कोहोलपुुर मेडिकल कलेजमा खुुट्टा काटेर ठिक भएको थियो आउसेले वताए । फेरि दायाँ खुुट्टा जस्तै बाँया खुुट्टामा तल बाट घाउ शुुरु भएको उनले वताए । जिल्ला अस्पताल बाजुुरा हुुदै अछामको बयलपाटा अस्पतालमा उपचारका लागि आफन्तले लगेका थिए । पैतलामा घाउ रहेको छ, पिप आइरहेको औषधि गर्दा कम नभएको उनले वताए ।
अस्पतालले नेपालगञ्ज तथा काठमाडौ लिनुुपर्ने वताएपनि पैसा नहुुँदा घर फिर्ता आएको आउसेले वताए । दायाँ खुुट्टामा घाउ भएको बेला सुुगर र क्यान्सर भएको भन्दै डाक्टरले खुुट्टा काटिएको थियो, १२ बर्ष सम्म केही भएको थिएन्, १ महिना देखी अर्को खुुट्टा पनि घाउ शुुरु भएको आउसेले वताए । स्थानिय स्वास्थ्य चौकी हुुदै अस्पताल सम्म पुुग्दा पनि ठिक नभएको उनले वताए ।

No description available.
आउसेकी श्रीमति साउनी कामी श्रीमानको उपचारका लागि हारगुुहार गरिरहेकी छन् । भएको सम्पत्ति पहिला बिरामी हुुँदा बिक्रि गरेर सकेको अहिले नेपालगञ्ज काठमाडौ जाने गाडिभाडा समेत नभएको उनले वताईन् । घरमा २ वटा बच्चा छोडेर उपचारका लागि श्रीमानलाइ अछाम पुुयाए, त्यहाँ ठिक नहुुने भनेपछि फिर्ता ल्याएको रुदै साउनीले वताईन् ।
आउसेकी श्रीमति साउनी श्रीमानको उपचार सहयोगका लागि सदरमुुकाम मार्तडीमा भौतारिरहेकी छन् । उनि सहयोगिदाता खोजिरहेकि छन् । सम्पत्तिको नाममा एक खरले छाएको छाप्रो घर भन्दा बाहेक अरु केही नरहेको स्थानियले वताएका छन् । गौमुुल गाउँ पालिका अध्यक्ष हरि बहादुुर रोकायाले भने संस्थाले उपचारमा सहयोग गर्ने भएपछि संस्थालाई धन्यवाद दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार