शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • डर लाग्दो भिरमा सिढिँको साहारामा जोखिम यात्रा

डर लाग्दो भिरमा सिढिँको साहारामा जोखिम यात्रा

  • बुधबार, चैत्र ४, २०७७
डर लाग्दो भिरमा सिढिँको साहारामा जोखिम यात्रा

बाजुुरा–गौमुल गाँउपालिकामा रहेको काल्चेको भिरमा सिढिको साहारामा जोखिम यात्रा गर्नु परेको छ । गत भदौ २५ गते आएको बाढिले बनाएको बाटो र सडक पहिरोले बगाएपछि स्थानियले जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ ।
देख्दा पनि निकै डर लाग्दो भिर त्यसैमा काठको सिढिमा जोखिम यात्रा गर्नु परेको स्थानिय बासिले वताएका छन् । काल्चेको भिर गौमुल गाँउपालिका वडा नम्बर ६ र २ को बिचमा पर्ने गर्छ । यो भिरमा आवतजावत गर्दा त त्यसै पनि डर लाग्छ, त्यसैमा काठको सिढि मार्फत आवतजावत गर्दा त्रासपुणर् वाताबरणमा ओरदोहर गर्नु परेको गाँउपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताएका छन् ।

No description available.
काठको सिढिमा ओहोरदोहोर गर्दा अलिकति चिप्लीए भने सिधै तल बुढिगंगा नदि खस्ने सम्भाबना रहेको स्थानिय पदम नेपालीले वताएका छन् । यो भिर भएर आवतजावत गर्नु पहिले देखि नै जिल्लामै जोखिम यात्राका रुपमा लिने गरेका छन् । पहिला पनि निकै जोखिममा हुने गरको थियो, बाढिपहिरोले बाटो र सँगै सडक बगाएपछि थप जोखिम बढेको हो ।

No description available.
खालि हिडन त निकै जोखिम छ, भारि सँग भने निकै समस्या रहेको गौमुल गाँउपालिका १ का अध्यक्ष बल बहादुर रोकायाले वताएका छन् । यो बाटो भएर गौमुल १, २ र ३ का स्थानिय ओहोरदोहोर गर्ने गरेका छन् । यि तिन बटै वडाका बासिन्दाले गाँउपालिकाको कार्यलय आउन पनि यहि बाटो प्रयोग गर्ने गरेका छन् । सामान ढुुवानी साधनका रुपमा रहेको खच्चर पनि भदौ बाट बन्द भएका छन् । सामान ढुुवानी गर्न अफ्ठयारो भएपछि गौमुुल १, २ र ३ मा विकास निर्माणका काम समेत प्रभाबित भएका छन् ।

No description available.
गाँउपालिका अध्यक्ष हरि बहादुर रोकायाले भने बाढिपहिरोको कारणले बाटो निर्माण गर्न निकै समस्या भएको वताए । काम गर्न लगाइरहेका छौ, धेरै अफ्ठयारो भएकाले समय लाग्ने उनले वताए । गाँउपालिकाले केही सहज होस भनेर सिढी निर्माण गरेको रोकायाले वताए ।

No description available.
भिरमा सिढि आवतजावत गर्न महिला वालवालिका बयबृद्धलाई झन समस्या भएको छ । स्थानिय हिरेन्द्र रोकायाले भने्, आफुहरु त डरै डरले आएको अशक्क्त अपांगलाई निकै सकस हुने वताए । गाँउपालिकाकि उपाअध्यक्ष सिता रोकायाले पनि जोखिम यात्रा रहेको स्वीकार गरेकि छन् । गाँउपालिका बाट वडामा सामान ढुुवानी सँगै स्थानियलाई खाद्यन्न लिन लिन निकै समस्या भएको छ ।

चर्चामा

सम्बन्धित समाचार