शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • अस्पतालले रिफर गर्दा पैसा नहुुदा अलपत्र आउँसे कामी (भिडियाे सहित)

अस्पतालले रिफर गर्दा पैसा नहुुदा अलपत्र आउँसे कामी (भिडियाे सहित)

  • बिहिबार, चैत्र ५, २०७७
अस्पतालले रिफर गर्दा पैसा नहुुदा अलपत्र आउँसे कामी (भिडियाे सहित)

बाजुरा — गौमुुल गाँउपालिका ४ मनाकोट बस्ने ४२ बर्षिय आउसे कामी आर्थिक अभाबमा उपचार गर्न नसक्दा अलपत्र परेका छन् । खुुट्टाको उपचार गर्ने पैसा नहुँदा जिल्ला अस्पताल बाजुरा र बयलपाटा अस्पताल बाट अन्यत्र रिफर गरेको भएपनि पैसा नहुुदा अलपत्र अबस्थामा रहेको साउनेकी श्रीमति साउनी कामिले बताएकि छन् ।
आउसेको २०६५ सालमा दायाँ खुुट्टा क्यान्सरका कारणले काटनुु परेको थियो । जेनतेन गरेर उपचार गरे, कोहोलपुुर मेडिकल कलेजमा खुुट्टा काटेर ठिक भएको थियो आउसेले वताए । फेरि दायाँ खुुट्टा जस्तै बाँया खुुट्टामा तल बाट घाउ शुुरु भएको उनले वताए । जिल्ला अस्पताल बाजुुरा हुुदै अछामको बयलपाटा अस्पतालमा उपचारका लागि आफन्तले लगेका थिए । पैतलामा घाउ रहेको छ, पिप आइरहेको औषधि गर्दा कम नभएको उनले वताए ।
अस्पतालले नेपालगञ्ज तथा काठमाडौ लिनुुपर्ने वताएपनि पैसा नहुुँदा घर फिर्ता आएको आउसेले वताए । दायाँ खुुट्टामा घाउ भएको बेला सुुगर र क्यान्सर भएको भन्दै डाक्टरले खुुट्टा काटिएको थियो, १२ बर्ष सम्म केही भएको थिएन्, १ महिना देखी अर्को खुुट्टा पनि घाउ शुुरु भएको आउसेले वताए । स्थानिय स्वास्थ्य चौकी हुुदै अस्पताल सम्म पुुग्दा पनि ठिक नभएको उनले वताए ।
आउसेकी श्रीमति साउनी कामी श्रीमानको उपचारका लागि हारगुुहार गरिरहेकी छन् । भएको सम्पत्ति पहिला बिरामी हुुँदा बिक्रि गरेर सकेको अहिले नेपालगञ्ज काठमाडौ जाने गाडिभाडा समेत नभएको उनले वताईन् । घरमा २ वटा बच्चा छोडेर उपचारका लागि श्रीमानलाइ अछाम पुुयाए, त्यहाँ ठिक नहुुने भनेपछि फिर्ता ल्याएको रुदै साउनीले वताईन् ।
आउसेकी श्रीमति साउनी श्रीमानको उपचार सहयोगका लागि सदरमुुकाम मार्तडीमा भौतारिरहेकी छन् । उनि सहयोगिदाता खोजिरहेकि छन् । सम्पत्तिको नाममा एक खरले छाएको छाप्रो घर भन्दा बाहेक अरु केही नरहेको स्थानियले वताएका छन् । गौमुुल गाउँ पालिका अध्यक्ष हरि बहादुुर रोकायाले भने सामान्य उपचार खर्च त गाँउपालिकाले सहयोग गरेका थियौ, काठमाडौ नेपालगञ्ज लिनुुपर्ने भएपछि पैसा ब्यबस्थापन गर्न समस्या भएको वताए ।

चर्चामा

सम्बन्धित समाचार