शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • तरूण युवा नेता शाहिको करोडौ लगानिमा दरबार मार्गमा जुकोट दरबार रेष्टुरेन्ट

तरूण युवा नेता शाहिको करोडौ लगानिमा दरबार मार्गमा जुकोट दरबार रेष्टुरेन्ट

  • बुधबार, चैत्र ४, २०७७
तरूण युवा नेता शाहिको करोडौ लगानिमा दरबार मार्गमा जुकोट दरबार रेष्टुरेन्ट

काठमाडौं–बाजुराका घर भएका तरुण युुवा नेता सरोज बहादुर शाहि र अमृत बहादुर शाहीले काठमाडौको दरबारमार्गमा करोड भन्दा बढिको लगानिमा रेष्टुुरेन्ट सञ्चालनमा ल्याएका छन् । स्वामिकार्तिक खापर गाँउपालिका ३ जुुकोट घर भएका शाहिले जुकोट दरबार रेष्टुरेन्ट लाउन्ज बार नामक सञ्चालनमा ल्याएका हुन् ।


शाहिको त्रिचन्द्र कलेज, घण्टाघरबाट दरबारमार्ग जाने क्रममा महेन्द्रको शालिक नपुग्दै दायाँतिर जुकोट दरबार रेष्टुरेन्ट रहेको छ । रेष्टुरेन्टमा मार्सी चामलको खाना देखि स्थानिय लोकल खाना तथा परिकार उपलब्ध हुुने गरेको छ । रेष्टुुरेन्ट सञ्चालनमा आएको एक महिना पुुगेको छ ।


शाहि भन्छन्, ‘राजनीति कमाई गर्न नभई समाजसेवाका लागी हो । राजनीतिमा लागेको मान्छेले विशुद्ध समाज सेवा गर्नुपर्छु, उनले भने, ‘मान्छे आर्थिक रुपमा बलियो भने राजनीतिमा पनि सफल हुन्छ ।’ रेष्टुुरेन्टमा विहान ८ बजे नै खुल्ने यो राती ३ बजेसम्म चहलपहल भईरहन्छ । अन्य रेस्टुराँमा राती प्रायः १० बजे नै किचेन बन्द हुन्छ । तर, यहाँ भने तीन बजेसम्म आफ्नो रोजाइका परिकार निर्धक्क अर्डर गर्न सकिन्छ । लोकेसन र पार्किङ सुविधा भएकाले धेरैले आफ्नो रेष्टुुरेन्ट रोजाईमा परेको शाहि बताँउछन् ।

रेष्टुुरेन्टमा एकै पटकमा ६० जना मानिस बस्न सक्ने क्षमता छ । बाहिर आफ्नै पार्किङको सुविधा छ । सुरुवातमा यो रेष्टुुरेन्टमा ९ जना स्टाफ कार्यरत छन् । सिफ्ट अनुसार काम भईरहेको छ । अझै स्टाफको संख्या बढाउने तयारी भईरहेको सञ्चालक शाहीले बताए । बिभिन्न बैंक, ट्राभल एण्ड टुर र विभिन्न कम्पनीका स्टाफहरू यहाँका नियमित ग्राहक हुन् ।
कलाकार चक्र बम, टंक तिमिल्सिना र सुनिल गिरी पनि यहाँका नियमित ग्राहकमध्ये पर्छन् । जुकोट दरबारले सपिङ सेन्टर, कलेजहरुमा खानेकुरा नियमित डेलिभरी गर्दै आएको छ । तपाई पठाओ एप चलाउनुहुन्छ भने त्यसबाटै पनि सिधै क्लीक गरेर खानेकुरा अर्डर गर्न सकिने व्यवस्था मिलाइएको छ ।

No description available.

यस रेष्टुुरेन्टमा सबैभन्दा अर्डर हुने आइटम हो, मार्सी खाना । बाजुराको कालो सिमीको दालसँग यो आइटम दैनिक २ दर्जन भन्दा बढी अर्डर हुन्छ । यस बाहेक झानेको मम, बँदेलको तास, बँदेलको टिमुर, बँदेल तारेको आइटम यहाँका स्पेशल परिकार हुन् । इटालियन र मेक्सिकन परिकार पनि उपलब्ध छन् ।
मार्सी भातको आइटम दैनिक २५ भन्दा बढी अर्डर हुने गरेको छ । यसको मूल्य ७ सय रुपैयाँ राखिएको छ । दुबई र चेक रिपब्लिकमा काम गरेका अनुभवी सेफ भुपेन्द्र खड्काको मातहतमा २ जना कुक छन् । हरेक हप्ता सेफ खड्काले स्टाफलाई फुड् र हस्पिटालिटीका बारेमा प्रशिक्षण दिने गरेका छन् । विशेष कार्यक्रम र पार्टीहरु भएका बेला दैनिक कारोबार अहिले १ लाख रुपैयाँभन्दा माथि हुने गरेको उनी बताउछन् । अन्य बेला पनि ८० हजार रुपैयाँभन्दा माथि नै छ ।

चर्चामा

सम्बन्धित समाचार