शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • लेखापाल विष्टले ‘निजामती सेवा पुरस्कार’ बाफत पाएको रकम पिडितलाइ हस्तान्तरण

लेखापाल विष्टले ‘निजामती सेवा पुरस्कार’ बाफत पाएको रकम पिडितलाइ हस्तान्तरण

  • शुक्रबार, चैत्र ६, २०७७
लेखापाल विष्टले ‘निजामती सेवा पुरस्कार’ बाफत पाएको रकम पिडितलाइ हस्तान्तरण

बाजुरा–जिल्ला प्रशासन कार्यालय बाजुरामा कार्यरत लेखापाल लालबहादुर बिष्ट निजामती सेवा पुरस्कार बाट पाएको रकम पिडितलाइ सहयोग गरेका छन् । गौमुल गाँउपालिका ४ मनाकोट बस्ने ४२ बर्षिय आउसे कामीलाई उपचार खर्च भन्दै ५ हजार सहयोग गरेका छन् ।
आउसे आर्थिक अभाबमा उपचार गर्न नसक्दा अलपत्र परेको समचार बडिमालिका खबरमा प्रकाशित पछि थोरै भएपनि सहयोग गरेको लेखापाल बिष्टले बडिमालिका खबरलाइ बताएका छन् । बिष्टले १७ औं निजामती सेवा दिवसरको अवसरमा निजामती सेवा तर्फ उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै ‘निजामती सेवा पुरस्कार’ बाट पुरस्कृत भएका थिए । बिष्टले ५० हजार नगद सहित सम्मान पत्र पाएका हुुन् ।
आउसेले भने लेखापाल बिष्टलाई सहयोग गरेकोमा धन्यवाद दिएका छन्, उहाँको सहयोगले उपचारका लागि काठमाडौ जाने गाडिभाडामा सहयोग हुुने वताए । लेखापाल बिष्ट बुढिगंगा नगरपालिका ७ घर भएका बिष्ट २६ वर्ष अघि निजामती सेवामा प्रवेश गरेका थिए । उनले बाजुराली जनताको सेवामा समर्पित हुँदै सेवा दिदै आएका छन् ।
खुट्टाको उपचार गर्ने पैसा नहुँदा जिल्ला अस्पताल बाजुरा र बयलपाटा अस्पताल बाट अन्यत्र रिफर गरेको भएपनि पैसा नहुुदा अलपत्र अबस्थामा रहेको आउसेकी श्रीमति साउनी कामिले बताएकि छन् । गौमुुल गाँउपालिका ४ मनाकोट बस्ने ४२ बर्षिय आउसे कामी आर्थिक अभाबमा उपचार गर्न नसक्दा अलपत्र परेका छन् । खुट्टाको उपचार गर्ने पैसा नहुँदा जिल्ला अस्पताल बाजुरा र बयलपाटा अस्पताल बाट अन्यत्र रिफर गरेको भएपनि पैसा नहुदा अलपत्र अबस्थामा रहेको साउनेकी श्रीमति साउनी कामिले बताएकि छन् ।
आउसेको २०६५ सालमा दायाँ खुट्टा क्यान्सरका कारणले काटनुु परेको थियो । जेनतेन गरेर उपचार गरे, कोहोलपुुर मेडिकल कलेजमा खुुट्टा काटेर ठिक भएको थियो आउसेले वताए । फेरि दायाँ खुट्टा जस्तै बाँया खुट्टामा तल बाट घाउ शुुरु भएको उनले वताए । जिल्ला अस्पताल बाजुुरा हुुदै अछामको बयलपाटा अस्पतालमा उपचारका लागि आफन्तले लगेका थिए । पैतलामा घाउ रहेको छ, पिप आइरहेको औषधि गर्दा कम नभएको उनले वताए ।
अस्पतालले नेपालगञ्ज तथा काठमाडौ लिनुुपर्ने वताएपनि पैसा नहुुँदा घर फिर्ता आएको आउसेले वताए । दायाँ खुट्टामा घाउ भएको बेला सुुगर र क्यान्सर भएको भन्दै डाक्टरले खुट्टा काटिएको थियो, १२ बर्ष सम्म केही भएको थिएन्, १ महिना देखी अर्को खुट्टा पनि घाउ शुुरु भएको आउसेले वताए । स्थानिय स्वास्थ्य चौकी हुुदै अस्पताल सम्म पुुग्दा पनि ठिक नभएको उनले वताए ।
आउसेकी श्रीमति साउनी कामी श्रीमानको उपचारका लागि हारगुुहार गरिरहेकी छन् । भएको सम्पत्ति पहिला बिरामी हुुँदा बिक्रि गरेर सकेको अहिले नेपालगञ्ज काठमाडौ जाने गाडिभाडा समेत नभएको उनले वताईन् । घरमा २ वटा बच्चा छोडेर उपचारका लागि श्रीमानलाइ अछाम पुुयाए, त्यहाँ ठिक नहुुने भनेपछि फिर्ता ल्याएको रुदै साउनीले वताईन् ।
आउसेकी श्रीमति साउनी श्रीमानको उपचार सहयोगका लागि सदरमुकाम मार्तडीमा भौतारिरहेकी छन् । उनि सहयोगिदाता खोजिरहेकि छन् । सम्पत्तिको नाममा एक खरले छाएको छाप्रो घर भन्दा बाहेक अरु केही नरहेको स्थानियले वताएका छन् । गौमुुल गाउँ पालिका अध्यक्ष हरि बहादुुर रोकायाले भने सामान्य उपचार खर्च त गाँउपालिकाले सहयोग गरेका थियौ, काठमाडौ नेपालगञ्ज लिनुपर्ने भएपछि पैसा ब्यबस्थापन गर्न समस्या भएको वताए ।

चर्चामा

सम्बन्धित समाचार