नेपाल र बङ्गलादेशबीच चार विषयमा समझदारीपत्रमा हस्ताक्षर
नेपाल र बङ्गलादेशबीच आज दुवै राष्ट्रका राष्ट्राध्यक्षका उपस्थितिमा चार विषयको समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा बङ्गलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमा पर्यटन सहयोग, सरसफाइ, साँंस्कृतिक आदानप्रदान र रोहनपुर –सिंहबाद रेलमार्गसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइराला […]