शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • युवा संघ नेपालमा बाजुराका यि दुई अध्यक्ष

युवा संघ नेपालमा बाजुराका यि दुई अध्यक्ष

  • आइतवार, चैत्र ८, २०७७
युवा संघ नेपालमा बाजुराका यि दुई अध्यक्ष

बाजुरा–युवा संघ नेपालमा बाजुराका दुई जना अध्यक्ष भएका छन् । नेकपा हुदै ओली पक्ष बाट युवा संघ नेपालको अध्यक्ष बचन बहादुर सिंहलाई चयन गरेको थियो । अदालतले नेकपालाई बैधानिकता नदिए सँगै नेकपा एमाले रहँदा पनि युवा संघ नेपालको अध्यक्ष बचन बहादुर सिहं रहेका छन् ।
सिहं चयन भएको केही समय पछि माधब समुहले नरेश कुमार शाहिलाई चयन गरेको छ । नेकपा एमाले पाटि भित्र चरम विवादपछि माधब नेपाल समुहले समानान्तर कमिटि गठन गर्ने सँगै युवा संघ नेपालको अध्यक्षमा नरेश कुमार शाहिलाई चयन गरेको छ । यी दुबै जनाको जन्मभुमि बाजुरा हो ।
बचन बहादुर सिहंको घर खप्तडछेडेदह गाँउपालिका २ जयबागेश्वरी हो भने नरेश कुमार शाहिको घर स्वामिकार्तिक खापर गाँउपालिका ५ जेरा हो । सिहंले बिद्यार्थी राजनितिक बाजुरा, कञ्चनपुर हुदै काठमाडौमा गदै आएका छन् । शाहिले बाजुरा हुदै काठमाडौमा राजनितिक गर्दै आएका छन् ।
सिंह अनेरास्वीयु पुर्व केन्द्रिय सचिब हुदै युवा संघको पुर्व सचिब भएका थिए र शाहि पनि युवा संघ नेपालका पुर्व केन्द्रिय सचिब भइसकेका छन् । बिगतमा पनि केपी ओली पक्षमा खरो रुपमा सिंह लागिरहेका थिए, भने शाहि माधब पक्षमा खरो रुपमा उत्रिएका थिए ।
नेकपा भित्र दुइधार भएपछि युवा संघ नेपालमा भने दुुबै बाट अध्यक्ष बाजुराले पाएको छ । यसले गर्दा बाजुराको राजनितिक पहुँच केन्द्रस्तरमा बढदै गएको आकंलन गर्न सकिन्छ । नेकपा एमालेमा ओली समुहको केन्द्रिय कमिटिमा बहुमत रहेको छ, यसले गर्दा माधब नेपाल समुहका नेताहरुलाई कार्यवाहि हुुने अबस्था देखिएको छ ।
नेकपा एमाले ओली समुहले केही नेतालाई स्पष्टीकरण समेत सोधिसकेको छ । नेकपा एमाले दुईधारमा परिणत भएपछि बाजुराका युवा तथा बिधार्थी नेताले अनेरास्वीयु र युवा संघमा राम्रो स्थान पाइरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार