शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • महाकाली नदीमा एकलौटी रुपमा तटबन्ध निर्माण गर्दैै भारत

महाकाली नदीमा एकलौटी रुपमा तटबन्ध निर्माण गर्दैै भारत

  • बुधबार, चैत्र ११, २०७७
महाकाली नदीमा एकलौटी रुपमा तटबन्ध निर्माण गर्दैै भारत

सीमा नदीमा तटबन्ध बनाउँदा दुवै देशको सहमति लिनुपर्नेमा भारतले सहमतिबिनै तटबन्ध निर्माण गरिरहेको छ । भारतले गत पुसदेखि महाकाली नदीमा आफ्नोपट्टि बाँध निर्माण गरिरहेको हो ।

२०७० सालमा भारतले २ सय ८० मेगावाट विद्युत उत्पादन हुने धौलीगंगा बाँधको ढोका खोल्दा महाकाली नदीमा पानीको बहाव उच्च भइ नेपालतर्फका १ सय ४७ घर बगेका थिए । नेपालको १ हजार ५७ रोपनी जमिन बगेको थियो । उतिबेला नदीले धार परिवर्तन गर्दा नेपालको ३५ हेक्टर जमिन भारततर्फ गएको छ । अहिले भारतले उतिबेला बगरमा परिणत भएको जमिनमा तटबन्ध निर्माण गरिरहेको छ ।

आगामी दिनसमेत नदीमा पानीको बहाव बढेमा नेपालका गल्फै, नमस्कार, उकु, बाँकु, लाली, धामदत्तु लगायत गाउँबस्ती जोखिममा रहनेछन् भने हजारौँ हेक्टर उर्वर भूमि बग्ने निश्चित देखिन्छ । जबकि २०७० सालमा दार्चुलामा बाढी गएको बेला नेपालले तटबन्ध निर्माण गर्न दार्चुलाका सीडीओ र भारततर्फका जिल्ला अधिकारी (डीएम) का साथै प्राविधिक टिमसँग सहमति भएको थियो । त्यतिमात्रै नभइ नेपाल भारतको उच्चस्तरीय टोली ज्वाइन्ट स्टान्डिङ टेक्निकल कमिटीबीच समेत सहमति भएको थियो ।

आजको राजधानी दैनिकमा समाचार छ ।

चर्चामा

सम्बन्धित समाचार