मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • समाज
  • गौमुलमा ११ कराेडकाे लगानिमा १ सय किलोवाटको बिजुली उत्पादन हुदै

गौमुलमा ११ कराेडकाे लगानिमा १ सय किलोवाटको बिजुली उत्पादन हुदै

  • बिहिबार, चैत्र १२, २०७७
गौमुलमा ११ कराेडकाे लगानिमा १ सय किलोवाटको बिजुली उत्पादन हुदै

बाजुरा– गौमुल गाउँ पालिकामा ११ कराेडकाे लगानिमा १ सय किलोवाटको बिजुली उत्पादन हुने भएकाे छ । बाजुराको गौमुल गाँउपालिका दुुर्गम गाउँका बासिन्दा बिजुली बाल्न सक्रिय भएका छन् । गाउँलाई अन्धकारमुक्त बनाउनका लागि बिजुली बाल्न सक्रिय भएको गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताएका छन् । गाउँपालिकाको दुुर्गम वडा नम्बर १ र २ का गाउँहरुमा चाडै बिजुली बाल्ने योजना रहेको छ ।
बाजुराको दुुर्गम गाउँका रुपमा परिचित वडा नम्बर १ को अन्द्राडि गाउँमा १ सय किलोवाटको बिजुली उत्पादन हुने गरि काम शुरु भएको अध्यक्ष रोकायाले वताएका छन् । २०७८ मा गाँउमा बिजुली बाल्ने गरि अन्द्राडि लघुजलबिधुक्त आयोजना सञ्चालन आएको छ । १ सय किलोवाट बिद्युक्त बाल्नका लागि गाउँपालिकाको सहकार्यमा कादुरी एग्रिकल्चरल एण्ड एसोसियन ब्रिटिस गोर्खाज् नेपालले करिब ११ करोड खर्च गरेर काम शुरु भएको परियोजना मेनेजर बालचन्द्र रानाले वताएका छन् । समुदायको माग भएपछि आफुहरुले काम गरेको उनले वताए ।
संस्थाको १० करोड ७९ लाख ८५ हजार ५ सय ३१ र गाउँलेको श्रवदान ३० लाख ३४ हजार ८ सय गरि ११ करोड १० लाख २० हजार ३ सय ३१ लगानिमा बिजुली बलिसक्ने बालचन्द्र रानाले वताएका छन् । अध्यक्ष हरि बहादुर रोकायाले भने गाउँपालिकाले समन्वय सहकार्य गरेका हौ, सबै लगानि कादुरी एग्रिकल्चरल एण्ड एसोसियन ब्रिटिस गोर्खाज् नेपालको रहेको वताए । बाजुराको अहिले सम्म बिधुक्त क्षेत्रमा सबै भन्दा बढि लगानि भइरहेको परियोजना यहि रहेको छ ।
उक्त परियोजना बाट गाउँपालिकाका ४ सय ८८ घरधुरीका ३ हजार १ सय ३६ जनाले सेवा पाउने भएका छन् । परियोजनाले सामान खरिद गरेर हेलिकप्टर मार्फत ढुवानी गरिसकेको छ, अर्को गाउँ झिलीमिल पारिसक्ने उपभोक्ता समितिका अध्यक्ष धन बहादुर बोहोराले वताएका छन् । अन्द्राडि गाउँ २०३६ सालमा मात्र गाउँ रहेको थाहा भएको थियो । बर्षौ देखी झरोको साहारामा उज्यालो बाल्दै आएका स्थानिय १ बर्ष भित्र गाँउ झिलिमिलि बनाइसक्ने योजनाका साथ काममा लागेको छन् ।
झरोको भरमा उज्यालो बालिरहेका थियौ, अब चाडै बिजुली बल्ने भएपछि खुशी भएको अनेरास्वीयुका जिल्ला अध्यक्ष राजिब रोकायाले वताए । सबै गाउँभरीका बिजुली बाल्नका लागि परेको उनले वताए । चाडै बिजुली बाल्ने सपना पुरा हुने रोकायले थपे ।

चर्चामा

सम्बन्धित समाचार