सोमवार, बैशाख ६, २०७८
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • बाजुरा : पुष १६ गते देखि वेपत्ता ल्वार कर्णाली नदिमा २ महिनापछि मृत अवस्थामा फेला 

बाजुरा : पुष १६ गते देखि वेपत्ता ल्वार कर्णाली नदिमा २ महिनापछि मृत अवस्थामा फेला 

  • मङ्लबार, चैत्र १०, २०७७
बाजुरा : पुष १६ गते देखि वेपत्ता  ल्वार कर्णाली नदिमा २ महिनापछि  मृत अवस्थामा फेला 

जीवन कैला– बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं तिन जुकोटका ३२ वर्षिया सौरे ल्वारको शव  फेला परेको छ । गत पुष १६ गते देखि वेपत्ता हुनुभएका ल्वारको शव सोमवार कर्णाली नदिको किनारामा फेला परेको प्रहरीले जनाएको छ । छोरा छोरीको वाल पोषण भत्ताको खाता खोल्न भनि स्वामीकार्तिक खापर गाउँपालिकाको केन्द्र वाई सुईजीउला आएका ल्वार वेपत्ता भएका आफन्त राजेन्द्र विश्वकर्माले बताए । वेपत्ता ल्वारको विभिन्न ठाउँमा खोजी गरे पनि कत्तैबाट पत्ता नलागेको विश्वकर्माले बताए ।

स्वामीकार्तिकको हिमालयन वैंकमा खाता खोल्नका लागि घरबाट आएका ल्वार वेपत्ता भएको साढे दुई महिना पछि सोमवार दिउसो मृर्त अवस्था फेला पर्नुभएको प्रहरी नायव निरीक्षक विरशिहं ढगुन्नाले जानकारी दिए । स्वामीकार्तिक खापर गाउँपालिका वडा नं २को भुकाहाँ खोला नजिकै कणाली नदिमा तैरीको अवस्थामा मृर्तक ल्वारको शव फेला परेको उनले बताए । खोलामा माछा मार्न गएका ब्यक्तिहरुले नदिमा शव देखे पछि स्थानियलाई खवर गरेका थिए ।

घटनास्थलमा देखिएको संकास्पद शवलाई आफन्तद्धारा पहिचान भएको प्रहरीले जनाएको छ । ब्यवारिसे अवस्थाको शवलाई नदिको किनारा ल्याएर हेर्दा नागरीकताबाट मृर्तक ल्वारको पहिचान भएको प्रहरी नायव निरीक्षक ढगुन्नाले बताए । घटनास्थल पुगेका आफन्त र प्रहरीले शवलाई हेर्दा पाईन्टको खल्तीमा पानीले भिजेको अवस्थामा भेट्टिएको नागरीकताबाट मृर्तक ल्वार भनि पहिचान भएको हो । प्रहरीले घटनास्थमा पुगेर मुचुल्का तयार गरी मृर्तक ल्वारका आफन्तलाई शव वुझाई दाहासंस्कारका लागि जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार