बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • हिमालीका निमित्त प्रमुख प्रशासकिय अधिकृत शाहिलाई आर्थिक कारोवार नगर्ने निर्देशन

हिमालीका निमित्त प्रमुख प्रशासकिय अधिकृत शाहिलाई आर्थिक कारोवार नगर्ने निर्देशन

  • मङ्लबार, चैत्र १०, २०७७
हिमालीका निमित्त प्रमुख प्रशासकिय अधिकृत शाहिलाई आर्थिक कारोवार नगर्ने निर्देशन

बाजुरा–हिमाली गाँउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत जनक बहादुर शाहीलाई आर्थिक कारोवार नगर्ने मन्त्रालयले पत्रचार गरेको छ । सङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय चैत ८ गते पत्रचार गर्दै आर्थिक कारोवार रद्ध गरिएको जनाएको छ ।
शाहिको भुमि ब्यबस्था, सहकारी तथा गरिबि निबारण मन्त्रालय वा अन्र्तगत पदस्थापना गरिएकोले प्रशासनिय कार्यको जिम्मेवारी रद्ध गरिएको पत्रचार गरेको छ । पत्रचार गरे सँगै कोष लेखा नियन्त्रण कार्यलय बाजुराले हिमाली गाउँपालिका र हिमालयन बैकंलाई आर्थिक कारोवार नगर्ने पत्रचार गरेको निमित्त कोष लेखा नियन्त्रक धन बहादुर थापाले वताएका छन् ।
शाहिको आर्थिक कारोवार रोके सँगै हिमाली गाउँपालिका आर्थिक प्रशासनिय काम रोकिएको छ । गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले भने उहाँको सरुवा भइसकेको थियो, अर्को कोही नआउदो रोकेको थिए, उहाँको रोकेको भएपनि मन्त्रालयले चाडै अर्कोलाई अधिकारी दिनुपर्ने वताए ।

चर्चामा

सम्बन्धित समाचार