शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • सदस्यताबाट बन्चित गराउने कार्य अविलम्ब रोकिएन भने जिल्ला अधिवेशन गराउदैन: अध्यक्ष साह

सदस्यताबाट बन्चित गराउने कार्य अविलम्ब रोकिएन भने जिल्ला अधिवेशन गराउदैन: अध्यक्ष साह

  • बिहिबार, चैत्र १२, २०७७
सदस्यताबाट बन्चित गराउने कार्य अविलम्ब रोकिएन भने जिल्ला अधिवेशन गराउदैन: अध्यक्ष साह

मेवालाल यादव —  रौतहटमा सक्रिय पत्रकारहरुलाई नेपाल पत्रकार महासंघले सदस्यताबाट बन्चित गराएको भन्दै अस्ति सोमबार देखि शाखा रौतहटको अध्यक्ष रबिन्द्र प्रसाद साहलाई ज्ञापनपत्र बुझाएर कार्यालयमा तला बन्दी गरेको सर्विददै छ।
आज तेस्रो दिन पनि रौतहटका कृयाशील पत्रकारहरु आन्दोलनमा उत्रेका छन । नेपाल पत्रकार महासंघ रौतहट सहित नेपालभरीको जिल्लामा चुनावको दिन नजिकदै आएको हो । रौतहट जिल्लामा बिगत ४-५ बर्ष देखि दिन रात मेहनत गरेर फिल्डमा खट्दै आएको कृयाशिल पत्रकारलाई सदस्यता न दिनु दु:ख को कुरा हो ।

नेपाल पत्रकार महासंघ रौतहटले गत चुनाव को बेला कृयाशिल पत्रकारहरुलाई सदस्यताको आश्वासन दिई पुणःह सदस्यताबाट बन्चित गरेको थियो । यो बर्ष पनि सदस्यताको आश्वासन दिई कृयाशिल पत्रकारहरुलाई सदस्यता नदिई चुनावको अन्तिम नामवली सार्वजनिक गर्दा रौतहटका कृयाशिल पत्रकारहरु आन्दोलीत बनेका छन् । नेपाल पत्रकार महासंघ रौतहटले शाखाले बिगतको दिनमा कृयाशिल पत्रकारलाई सदस्यता नदिई गैर पत्रकारलाई सदस्ता दिदा कृयाशिल पत्रकारले बिरोध जनाएको थियो ।

गत चुनावको बेला कृयाशिल पत्रकारले बिरोध जनाउँदा नेपाल पत्रकार महासंघ रौतहट शाखाका पदाधिकारीले चुनाव पछि सदस्यता हुने आश्वासन दिनु भएको थियो । तर यस बर्षमा पुणःह चुनावको मिति घोषणा हुँदा सम्म कृयाशिल पत्रकारलाई सदस्यता नहुँदा कृयाशिल पत्रकारहरु आन्दोलित भएका छन् । दर्जन भन्दा बढी कृयाशिल पत्रकारले चुनावको एजेन्डालाई बिरोध जनाउँदै नेपाल पत्रकार महासंघ रौतहट शाखा अगाडि धर्नामा बसेको थियो ।

कृयाशिल पत्रकारको धर्नामा एकबद्धता जनाउँदै नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष रबिन्द्र साहले भने तपाईहरुको नाम सिफारिस भई सकेको थियो तर केही ब्यक्तिका कारण सदस्यता रोकियो । तपाईंहरु नआतिनुस् तपाईंहरुको सदस्यता हुन्छ , कृयाशिल पत्रकारलाई सदस्यता नदिए चुनावनै नहुने मेरो प्रतिबद्धता हो । त्यस्तै नेपाल पत्रकार महासंघ रौतहटका सदस्य धर्मेन्द्र साहले कृयाशिल पत्रकारको अान्दोलन प्रती समर्थन जनाउँदै उहाँले भने बास्तवमा कृयाशिल पत्रकार साथीहरु संग यो बिभेदकारी हुँदैछ ।

कृयाशिल पत्रकारलाई बिगतको दिन सदस्ता नदिई गैर पत्रकारलाई सदस्यता दिनु कतै उचित छैन् । बास्तमा कृयाशिल पत्रकारलाई सदस्यता दिनपर्छ । कृयाशिल पत्रकारलाई चुनावकै बेला बारम्बार ठगियो तर यस पाली कृयाशिल पत्रकारलाई ठगिने कुरै हुँदैन ।
यसपटक जसरी भए कृयाशिल पत्रकारलाई सदस्यता दिनै पर्ने, त्यसतै कृयाशिल पत्रकारले भने सदस्यताको लागि पत्रकार महासंघका पदाधिकारीले अवाज न उठाए हाम्रो आन्दोलन चरनबद्ध हुने कृयाशिल पत्रकार समुह रौतहटले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार