मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाज
  • कुपोषित बालिकालाइ उपप्रमुख रेग्मिले उद्धार गरेर काठमाडौ पठाइन

कुपोषित बालिकालाइ उपप्रमुख रेग्मिले उद्धार गरेर काठमाडौ पठाइन

  • बिहिबार, चैत्र १२, २०७७
कुपोषित बालिकालाइ उपप्रमुख रेग्मिले उद्धार गरेर काठमाडौ पठाइन

बाजुरा–बुढिनन्दा नगरपालिका ३ फुवाकी खाँडो बुडथापाकि डेढ महिनाकी छोरी सम्झना बुडथापालाई बुढिनन्दा नगरपालिका उपप्रमुख सृष्टि रेग्मिको पहलमा उद्धार गरेर काठमाडौ पठाएकि छन् । उनले कुपोषित बालिकाको अबस्था बारे सामाजिक सञ्जाल र सञ्चारमाध्यमलाई जानकारी गराएपछि बालिकाको उपचार खर्च जुटेको थियो । खर्च जुटेपछि बच्चा सहित उनको परिवारलाइ काठमाडौ पठाएकि हुन् ।
बालिकालाको काठमाडौमा रहेको कान्ति बाल अस्पतालमा उपचार हुने भएको उपप्रमुख सृष्टि रेग्मिले वताईन् । रेग्मिले भनिन् सम्पुणर् सहयोगिको सहयोगले रकम जुटेपछि उपचारका लागि जहाज मार्फत काठमाडौ पठाएको वताईन, साथै सहयोगि सम्पुणर्लाई धन्यवाद दिएकि छन् ।
बालिकाको उपचारका लागि अहिले सम्म १ लाख ४५ हजार रकम जुटिसकेको छ । उपचारका लागि बुढिनन्दा नगरपालिकाले २० हजार, इशा गुरुङले १० हजार, कुमुद पन्तले १० हजार, सुनिता गुरुङले १० हजार, शौरभ रावलले १० हजार, सुरेन्द्र थापाले १० हजार, निर्मल आचयले ५ हजार सहयोग गरेका छन् । त्यस्तै मिना चाम्लिङले १५ हजार, सोनाम बोमजनले १० हजार, देबि सङ्रौलाले ५ हजार, रेस्मा आङ्डेम्बाले १५ हजार सहयोगि गरेकि छन् ।
गोकणर् चन्दले १० हजार, सिमा श्रेष्ठले ७ हजार,उप्सरा गुरुङले ५ हजार र राम चन्द्र केसीले २ हजार सहयोग गरेका छन् । बालिकाको उपचारका लागि काठामाडौमा सामाजिक अभियान्ता हेम थापाले पहल गरिरहेका छन् । डेढ महिनाकी बालिका कुपोषणका कारणले जिवनमरणको दोसाधमा रहेकि समचार आएको थियो । जन्मेदेखि नै कुपोषितले ग्रस्त बनेकि बालिकालाई प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्न लगेको भएपनि अस्पतालले रिफर गरेको थियो । शिघ्र कुपोषण रहेकाले यहाँ उपचार सम्भब नभएको भन्दै स्वास्थ्य केन्द्रले नेपालगञ्ज रिफर गरेको हो । अस्पतालले रिफरको गरेको भएपनि अन्यत्र लिने पैसा नभएपछि बालिका जिवनमरणको दोसाधमा रहेकि थिइन् ।
खाँडो बुडथापा आफै पनि कुपोषित रहेकी छन् । उनि गर्भवती हुदै कुपोषित भएकाले बच्चा पेटमै रहँदा कुपोषित रहेको स्वास्थ्यकर्मीले वताएका छन् । खाँडो बुडथापाको उमेर ४० कटिसकेको छ । उनले यो लगाउत ६ बच्चा जन्माएकि छन् । एकातिर धेरै बच्चा जन्माउनु अर्को तिर उमेर छिपिदै जादा बच्चा जन्माउनुले पनि बच्चा कुपोषितनै जन्मेको हुन सक्ने स्वास्थ्यकर्मीले वताएका छन् ।
बाजुराका ग्रामिण क्षेत्रमा निकै कुपोषणको कहर रहेको छ । छोरा भन्दा छोरि बढि कुपोषित रहेको पाईएको छ । छोरी जन्मेपछि हेरचाय र स्तनपान समयमै नगराउने जस्ता बिभेद गर्ने भएकाले पनि बढि छोरी कुपोषित हुने गरेका छन् । ग्रामिण क्षेत्रमा चरम कुपोषण कहर भएपनि सरकारलाइ भने कुनै वास्ता नभएको पाईएको छ ।

चर्चामा

सम्बन्धित समाचार