शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • भिरबाट खसेका युवाको शव सेनाले निकाल्यो

भिरबाट खसेका युवाको शव सेनाले निकाल्यो

  • आइतवार, चैत्र ८, २०७७
भिरबाट खसेका युवाको शव सेनाले निकाल्यो
तस्बिर राताेपाटीबाट

नेपाली सेनाले काभ्रेको बेथानचोक गाउँपालिका–३ स्थित भिरबाट खसेर ज्यान गुमाएका निरोज रिजालको शव निकालेको छ । शुक्रवार बेथानचोक–३ मा ‘नाइट स्टे’ गएका रिजालको भिरबाट लडेर मृत्यु भएको थियो । नारायणस्थान मन्दिरको पश्चिमतर्फ खसेका रिजालको शव कालीजङ्ग गणबाट खटिएको माउन्टेन वारफेर तालिम प्राप्त सैनिकले निकालेका हुन् ।

चुनौतिपूर्ण ठाउँबाट २५ वर्षीय रिजाल करिब १ हजार मिटर तल खसेका थिए । सेनाको टोलीले कठिन र चुनौतिपूर्ण ठाउँबाट शव निकालेर प्रहरीलाई बुझाएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले  बताए । रातोपाटीबाट

चर्चामा

सम्बन्धित समाचार