शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • युवतीको मृत्युपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा गोली चल्यो

युवतीको मृत्युपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा गोली चल्यो

  • मङ्लबार, चैत्र १०, २०७७
युवतीको मृत्युपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा गोली चल्यो

धनगढी– बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा गोली चलेको छ। मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्की चोकस्थित टीकापुरतर्फ जादै गरेको ना ६ ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो।

सोही विषयलाई लिएर आन्दोलित भएका स्थानीयले राजमार्ग अवरुद्ध पार्नुका साथै टायर बालेर प्रर्दशन गरिरहेका छन्। प्रदर्शनकारीहरुले ईलाका प्रहरी कार्यालय लम्की घेराउ समेत गरेका छन्।

उनीहरुलाई तितरबितर बनाउन गोली हवाई फाइर गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए। उनले तनाव बढेपछि बल प्रयोग गरेको बताए। साथै केही सेल अश्रुग्यास समेत प्रहार गरेको प्रहरी निरीक्षक थापाले बताए। #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार