अमेरिकाको विश्वविद्यालयमा रहेको पार्वतीको मूर्ति नेपाल फर्काइँदै
काठमाडौं — अमेरिकाको एक विश्वविद्यालयमा रहेको नेपालको बौद्ध देवी तार/पार्वतीको मूर्ति नेपाल फर्काइने भएको छ । येल विश्वविद्यालयको आर्ट ग्यालरीको स्थायी संग्रहमा रहेको उक्त मूर्ति नेपाल फर्काउन नेपाली महावाणिज्यदूतावास, न्यूयोर्क र येल युनिभर्सिटी आर्ट ग्यालेरी, कनेक्टिकट, संयुक्त राज्य अमेरिकाबीच सहमति भएको हो । नेपाल सरकारका तर्फबाट न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले येलसँगको साझेदारीमा […]