शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश
  • मेयरका उम्मेदवार सिंहको टोली घरदैलो अभियानमा खट्दै: मतदाता उत्साहित

मेयरका उम्मेदवार सिंहको टोली घरदैलो अभियानमा खट्दै: मतदाता उत्साहित

  • शुक्रबार, बैशाख २३, २०७९
मेयरका उम्मेदवार सिंहको टोली घरदैलो अभियानमा खट्दै: मतदाता उत्साहित

अर्थ जङ शाही/बझाङ —जयपृथ्वी नगरपालिकामा नगरप्रमुख एमालेका उम्मेदवार अग्ला-अग्ला सुरत बहादुर सिंह हाँस्दै जनताको घर दैलो चाहार्दै छन् । उनलाई साथ दिदै उपाध्यक्षकी उम्मेदवार जमुना चन्द वडाध्यक्षका उम्मेदवार‌ राकेश सिंह लगायतको टोली साथ दिइरहेका छन् ।

सिंह जनताको घर पुग्दा हासेर बोल्छन् । नमस्कार गर्छन ।
टोलटोलमा उनीहरुलाई स्वागत गर्न फूल, माला र खादा बोकेर सर्मथहरु बसेका भेटिन्छन् । ठाँउ ठाँउमा घडा राखिएको छ । सूर्यको तस्विर बनाइएको छ ।
उम्मेदवारका टोली गाँउ पसेर माइकमा गीत घन्काउछन् । उम्मेदवार सुरत बहादुर सिंह लगायत सबै नाच्छन् । हाँस्छन् अनि रमाउछन् ।

उम्मेदवार सुरत बहादुर सिंह भोट माग्ने काम रमाइलोसँग भइरहेको बताउछन् । भन्छन्, ‘जनताले हामीसँग प्रश्न थोरै र रमाइलो धेरै गरिरहेका छन् । सबैको समस्या बाटो राम्रो चाहियो भन्ने छ । हामी जितेपछि पुरा गर्छौं भनेका छौं ।’
उपमेयरकी उम्मेदवार जमुना चन्द जनताले साना साना समस्या राखिरहेको बताउछन् । ‘पक्कि सडक, खानेपानी,कृषि उपजका लागि बजार र रोजगारीजस्ता माग जनताले उठाएका छन् । हामी यी मागहरु विस्तारै पुरा गर्न सक्छौं ।’

उनी जनताको आफूहरुप्रति आक्रोस नरहेको बताउछन् । उनी भन्छिन्, ‘हामी यसअघि नगरको जिम्मेवारीमा थिएनौं । त्यसैले उहाँहरुको हामीसँग प्रश्न छैन रहेछ । हामीलाई उहाँहरुले शुभकामना दिनु भएको छ । सद्धाव व्यक्त गर्नु भएको छ ।’

चर्चामा

सम्बन्धित समाचार