शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • नेपालले जिम्बावेलाई दियो १८२ रनको लक्ष्य

नेपालले जिम्बावेलाई दियो १८२ रनको लक्ष्य

  • आइतवार, बैशाख १८, २०७९
नेपालले जिम्बावेलाई दियो १८२ रनको लक्ष्य

नेपालले जिम्बावे ‘ए’ लाई पहिलो टी-२० मा १८२ रनको लक्ष्य दिएको छ। जिम्बावेले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा १८१ रन जोड्यो।

नेपालका लागि मध्यक्रम ब्याट्सम्यान आदिल अन्सारीले उत्कृष्ट ब्याटिङ गरे। उनले २७ बलमा ४ चौका र ३ छक्काको मद्दतमा नटआउट ४७ रन जोडे।

त्यसअघि ओपनर कुशल भुर्तेलले ४६ रन जोडे। उनले ३१ बलमा ८ चौका हिर्काए। आसिफ शेख ९ रनमा आउट भए।

रोहित कुमार पौडेलले २६ बलमा ३६ रन र दीपेन्द्रसिंह ऐरीले रनआउट हुनुअघि १३ रनमा २८ रनको योगदान दिए।

आरिफ शेख भने २ रनमै आउट भए। करण केसी ४ रनमा नटआउट रहे।

बलिङमा जिम्बावेका ब्राड इभान्स, लुक जोङगे, ब्रान्डन माभुता र जोन मसाराले १-१ विकेट लिए।

यसअघि शनिबारका तय भएको पहिलो एकदिवसीय खेल वर्षाका कारण स्थगित भएको थियो। एकदिवसीय खेल प्रभावित भएपछि पहिले टी-२० सिरिज हुन लागेको हो।

दोस्रो टी-२० वैशाख १९ मा र तेस्रो टी-२० वैशाख २१ मा हुनेछ।

एकदिवसीय खेलहरू वैशाख २३, २४ र २६ गते हुनेछन्।

नेपालले आइसिसी क्रिकेट विश्वकप लिग-२ खेल्न अमेरिका जानुअघि जिम्बावेको ए टिमसँग तयारीस्वरुप खेल्न लागेको हो।

चर्चामा

सम्बन्धित समाचार