विद्यालयको गुणस्तर सुधारमा जोड दिँदै खप्तड छेडेदहमा शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न
बाजुरा–बाजुराको खप्तड छेडेदह गाउँपालिकाका सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारमा जोड दिँदै पालिका स्तरीय शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, सिकाइ उपलब्धि सुधार तथा शिक्षा क्षेत्रमा देखिएका चुनौतीहरूको समाधान खोज्ने उद्देश्यले कार्यशाला गोष्ठीको आयोजना गरिएको हो । गाउँपालिकाको समन्वय, पीसविन नेपालको आयोजनामा तथा गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न […]