आइतवार, असार १४, २०८३
  • होमपेज
  • खेलकुद
  • विश्वकप फुटबल : राउन्ड अफ ३२ को समीकरण पूरा, कुन टीमले कोसँग भिड्नेछन् ?

विश्वकप फुटबल : राउन्ड अफ ३२ को समीकरण पूरा, कुन टीमले कोसँग भिड्नेछन् ?

  • आइतवार, असार १४, २०८३
सेयर गर्नुहोस् :
विश्वकप फुटबल : राउन्ड अफ ३२ को समीकरण पूरा, कुन टीमले कोसँग भिड्नेछन् ?

 जेठ २८ गतेदेखि सुरु भएको फिफा विश्वकप २०२६ को नकआउट चरणमा पुग्ने सबै ३२ वटै टीमको टुंगो लागेको छ।

समूह जे का दुई खेलहरु सम्पन्न भएसँगै समूह चरणका सम्पूर्ण खेलहरु सकिएका हुन्। योसँगै राउन्ड अफ ३२ को समीकरण पनि पूरा भएको छ।

फिफा विश्वकप २०२६ को समूह चरणका सबै ७२ खेल सकिएपछि नकआउट चरणमा पुग्ने ३२ टोलीको टुङ्गो लाग्दा १६ टोली भने समूह चरणबाटै बाहिरिएका छन् ।

यस पटक टिम संख्या बढाएर ४८ पुर्‍याउँदा समूह विजेता र उपविजेतासँगै तेस्रो हुने उत्कृष्ट ८ टोली पनि नकआउट चरण पुग्ने प्रावधान थियो । तर त्यति हुँदा पनि उरुग्वे अघि बढ्न सकेन । १२ समूहमा विभाजन गरेर समूह चरणको खेल खेलाइएको थियो । जसमा १२ वटै समूहको चौथो स्थानमा रहने १२ टोली र तेस्रो हुने मध्ये उत्कृष्ट ८ मा नपरेका ४ गरी १६ टोलीको विश्वकप यात्रा समूह चरणमै सकिएको हो ।

पहिलोपटक ४८ टोली सहभागि यस प्रतियोगितामा दुई पटकको विजेता उरुग्वे समूह चरणबाटै बाहिरियो भने पहिलोपटक विश्वकप खेलेको केप भर्डले अन्तिम ३२ मा स्थान बनायो।

कुन टीमको प्रतिद्वन्द्वी को ?
दक्षिण अफ्रिका र क्यानडा
ब्राजिल र जापान
जर्मनी र पाराग्वे
नेदरल्यान्ड्स र मोरक्को
आइभरी कोस्ट र नर्वे
फ्रान्स र स्विडेन
मेक्सिको र इक्वेडर
इंग्ल्यान्ड र डीआर कंगो
बेल्जियम र सेनेगल
अमेरिका र बोस्निया एन्ड हर्जगोभिना
स्पेन र अष्ट्रिया
पोर्चुगल र क्रोएसिया
स्विट्जरल्यान्ड र अल्जेरिया
अष्ट्रेलिया र इजिप्ट
अर्जेन्टिना र केप भर्ड
कोलम्बिया र घाना

चर्चामा

सम्बन्धित समाचार