बुधबार, असार १०, २०८३
  • होमपेज
  • अर्थ/वाणिज्य
  • हिमाली गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत

हिमाली गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत

  • बुधबार, असार १०, २०८३
सेयर गर्नुहोस् :
हिमाली गाउँपालिकाको  नीति तथा कार्यक्रम प्रस्तुत

बाजुरा— बाजुराको हिमाली गाउँपालिकाको १८औँ गाउँसभा तथा आर्थिक वर्ष २०८३/०८४ का लागि निति तथा कार्यक्रम प्रस्तुत गरिएकाे छ । “स्वास्थ्य, शिक्षा, कृषि, जडीबुटी, पर्यटन, जलस्रोत तथा पूर्वाधार, औद्योगिकीकरण, सुशासन र गरिबी निवारण : समृद्ध हिमालीको आधार” भन्ने मूल नारासहित सुरु भएको गाउँसभामा अध्यक्ष मल्लले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको गाउँपालिका प्रवक्ता भीमानन्द पाण्डेले जानकारी दिएका छन।

प्रवक्ता पाण्डेका अनुसार गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा सुशासन, संगठन विकास तथा व्यवस्थापन, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य, उद्यम विकास, सामाजिक सुरक्षा तथा आर्थिक क्षेत्रलाई समेटिएको छ। आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले यी क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम अघि बढाउने जनाएको छ।

अधिवेशनमा गाउँसभा उपाध्यक्ष राजकला सार्की, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, गाउँसभा सदस्य, कार्यपालिका सदस्य, गाउँपालिकाका कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममाथि विस्तृत छलफल गरी आगामी आर्थिक वर्षका विकास योजना, बजेट विनियोजन र सेवा प्रवाहका प्राथमिकता तय गरिने गाउँपालिकाले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार