बुधबार, असार १०, २०८३
  • होमपेज
  • गौमुल
  • गाैमुलले ल्यायाे ४० करोड बढिकाे बजेट : शिक्षा, स्वास्थ्य, सडकमा प्राथमिकता

गाैमुलले ल्यायाे ४० करोड बढिकाे बजेट : शिक्षा, स्वास्थ्य, सडकमा प्राथमिकता

  • बुधबार, असार १०, २०८३
सेयर गर्नुहोस् :
गाैमुलले ल्यायाे ४० करोड बढिकाे बजेट : शिक्षा, स्वास्थ्य, सडकमा प्राथमिकता

बाजुरा–  गौमुल गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि ४० करोड ३१ लाख २९ हजारको बजेट सार्वजनिक गरेकाे छ ।   गाउँसभामा बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, सडक, कृषि, रोजगारी, सुशासन र प्रविधिमैत्री सेवा प्रवाहलाई केन्द्रमा राखेर बजेट ल्याएकाे हाे ।

गाउँपालिकाले यस वर्षको बजेट मार्फत अधुरा तथा क्रमागत योजनालाई पहिलो प्राथमिकता दिएको गाउँपालिकाले जनाएकाे छ । गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, सडक पहुँच विस्तार, कृषि उत्पादन वृद्धि तथा दश शैया अस्पताल सञ्चालनलाई विशेष प्राथमिकतामा राखेको छ । गाउँपालिकाले “समृद्ध गौमुल, सुखी गौमुलबासी” को लक्ष्यलाई पुर्णता  दिन बजेट केन्द्रित गरिएको गाउँ सभा अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन् । बजेटले गाउँका बस्ती-बस्तीका आवश्यकता, नागरिकका सुझाव, विषयगत समिति, वडा समिति तथा सरोकारवालाको रायलाई समेटेको छ ।

स्थानीय उत्पादनको संरक्षण, रैथाने बाली प्रवद्र्धन, पशुपालन तथा कृषिजन्य उत्पादन वृद्धि गरी गाउँको अर्थतन्त्रलाई बलियो बनाउने लक्ष्य बजेटले लिएको छ । कुल बजेट मध्ये आर्थिक विकासतर्फ ५ करोड २ लाख ८६ हजार रुपैयाँ, सामाजिक विकासतर्फ १५ करोड २० लाख २० हजार रुपैयाँ, पूर्वाधार विकासतर्फ ६ करोड ५० लाख ५३ हजार रुपैयाँ, सुशासन तथा सेवा प्रवाहतर्फ ९ लाख ७० हजार रुपैयाँ तथा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ १३ करोड ४८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँपालिकाले कर्मचारीहरुको मनोबल उच्च बनाउन स्थायी कर्मचारीको तलब संघीय सरकारले निर्धारण गरे अनुसार वृद्धि गर्ने तथा करार सेवाका कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि गर्ने घोषणा पनि गरेको छ । बजेट प्रस्तुत गर्दै उपाध्यक्ष सिता थापाले विकास निर्माणमा जनसहभागिता, पारदर्शिता, मितव्ययिता र नतिजामुखी कार्यशैलीलाई प्राथमिकता दिइने बताइन् ।

उनले गाउँपालिकाको समृद्धि, सुशासन र सेवाको गुणस्तर सुधारका लागि सबै पक्षको साथ, सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गरिन् । गौमुल गाउँपालिकाले सार्वजनिक गरेको यो बजेटले शिक्षा, स्वास्थ्य, कृषि, सडक र रोजगारीका क्षेत्रमा नयाँ आशा जगाएको भन्दै स्थानीयबासीले विकास र समृद्धिको नयाँ अध्याय सुरु हुने अपेक्षा गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार