शुक्रबार, असार १२, २०८३
  • होमपेज
  • अर्थ/वाणिज्य
  • बुढीगंगाकी मृतक वडासदस्यकाे परिवारलाई बिमा कम्पनीद्धारा ६२ लाख दाबी भुक्तानी

बुढीगंगाकी मृतक वडासदस्यकाे परिवारलाई बिमा कम्पनीद्धारा ६२ लाख दाबी भुक्तानी

  • शुक्रबार, असार १२, २०८३
सेयर गर्नुहोस् :
बुढीगंगाकी मृतक वडासदस्यकाे परिवारलाई बिमा कम्पनीद्धारा ६२ लाख दाबी भुक्तानी

बाजुरा— हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको मसुरिया उपशाखाले बुढीगंगा नगरपालिका–३ की वडा सदस्य स्वर्गीय कल्पना देवी थापाको परिवारलाई  ६२ लाखको मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ। कम्पनीका प्रतिनिधिहरूले मृतकको निवासमै पुगेर आयोजित एक  कार्यक्रममा दाबी रकम परिवारलाई उपलब्ध गराएका हुन्। कम्पनीका सुदुरपश्चिम प्रदेश उपप्रमुख तारासिह‌ बमका अनुसार बीमा सुरक्षाले आकस्मिक विपत्तिका बेला परिवारलाई आर्थिक सहारा पुर्‍याउने उद्देश्य अनुसार आवश्यक कागजात तथा प्रक्रिया पूरा भएपछि दाबी रकम छिटो, सहज र पारदर्शी रूपमा भुक्तानी गरिएको बताएका छन।

स्वर्गीय थापाको कार्यालयबाट घर फर्कने क्रममा माथिबाट खसेको ढुंगाले लागेर घटनास्थलमै असामयिक निधन भएको थियो। बुढीगंगा नगरपालिका र हिमालयन लाइफ इन्स्योरेन्सबीच २०८० भदौ ६ गते भएको सम्झौता अनुसार नगरपालिकाका सबै जनप्रतिनिधिको प्रत्येक वर्ष नवीकरण हुने गरी रु. १० लाखको म्यादी जीवन बीमा गरिएको थियो। उक्त बीमाका लागि नगरपालिकाले वार्षिक रु. ८ हजार ३४० बीमा शुल्क भुक्तानी गर्दै आएको थियो।

बीमा सम्झौता अनुसार मृतकका परिवारलाई बीमाङ्क रकम रु. १० लाख, दोहोरो दुर्घटना लाभबापत रु. ५० लाख तथा क्रिया खर्च लाभबापत रु. २ लाख गरी कुल रु. ६२ लाख दाबी रकम प्रदान गरिएको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको मसुरिया उपशाखा प्रमुख माया कुमारी बम खड्काले बताइन् ।

दाबी रकम हस्तान्तरण कार्यक्रममा बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँ, उपप्रमुख माया खड्का कुँवर, वडा नं. ५ का अध्यक्ष चक्रबहादुर थापा, हिमालयन लाइफ इन्स्योरेन्सका प्रदेश उपप्रमुख तारा सिंह बम, मसुरिया उपशाखा प्रमुख माया कुमारी बम जोशी तथा एमडीआरटी जगतबहादुर शाहीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै वक्ताहरूले जीवन बीमाले आकस्मिक दुर्घटना वा विपत्तिपछि परिवारको आर्थिक तथा सामाजिक सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने बताएका थिए। उनीहरूले बीमा सचेतना विस्तार गर्दै दाबी प्रक्रियालाई अझ प्रभावकारी, सरल र सेवामुखी बनाउने प्रतिबद्धता पनि व्यक्त गरे। हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले देशभरका आफ्ना शाखा तथा उपशाखामार्फत बीमित, अभिकर्ता र सेवाग्राहीलाई गुणस्तरीय तथा ग्राहकमैत्री सेवा प्रदान गर्दै आएको जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार