मुक्त हलिया समुदायका सवाल सम्बन्धी सार्वजनिक सेवामा पहुँच सुधारका विषयमा छलफल
बाजुरा— बडीमालिका नगरपालिकामा मुक्त हलिया समुदायका सवाललाई स्थानीय नीति, कार्यक्रम तथा बजेटमा समावेश गर्ने उद्देश्यसहित पालिका स्तरीय वकालत अन्तरक्रिया कार्यशाला सम्पन्न भएको छ। स्थानीयदेखि विश्वव्यापी मानव अधिकार वकालतमार्फत नेपालमा सिमान्तकृत समुदाय र सामाजिक रूपमा बहिष्कृत जनसंख्याको सशक्तीकरण गर्ने “L2G परियोजना” अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा मुक्त हलिया पुनःस्थापना कार्यविधिको कार्यान्वयन, स्रोत विनियोजन, स्रोत परिचालन […]