हाम्रो देश भित्र बिदेशका गोठालाहरु धेरैछन,
हाम्रो देश भित्र बिदेशका गोठालाहरु धेरैछन, बिक्रि बितरण गरेका खोला नालाहरु धेरैछन। जौना थालिमा खानछन त्यसैमा प्वाल पाय्रो, अ बिश्वासिला नेता मनका कालाहरु धेरैछन। नेतालाई त देशका जनतालेनै बिगारेका हुँन, स्वागत मा लगाउँने अबिर मालाहरु धेरैछन। थाहा छैन हाम्रै घरको धुरीमा पुगे बिदेशीहरु, लिएका तिखा छाति गोभ्ने भालाहरु धेरैछन। बिकासकै नाउमा देशलाई सखाफ पारे ईन्ले, […]