आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कविता-आमाको आवाज

कविता-आमाको आवाज

  • बुधबार, असार १६, २०७८
कविता-आमाको आवाज

मलाई आमा भन्नुहुन्छ
छोरा सुन मेरो यो शरीर
पुरुषले खेल्ने कुनै खेल मैदान होइन
यी मेरा कुच पनि बिनाकारण
उम्रीएर हुर्केका होइनन्
छातिमा बाटुला दुई डल्ला बनेर
जो पुरुषले बलसम्झेर खेलाइ रहुन्
यी त स-साना शिशु सन्तानलाई
पालन पोषण गर्न र हुर्काउनका लागी
बनेका पोटिला अमृतका पोका हुन् ।

छोरा कान फुट्ने गरेर सुन
जो मसङ्ग छ नि त्यो सबै
पुरुषत्व देखाउने भालेहरुसङ्ग छैन
जसले हाम्रो यो स्वर्णिम पाठेघरलाई
आफ्नो सेतो झोल बोक्ने थैली सम्झिन्छन्
छोरा तिमीलाई बुझ्ने गरि भन्छु
म फेरि भन्छु,
तिमीलाई नौ महिना बोकेर
यश धर्तीमा जन्माउँदासम्म
सुरक्षित राख्ने सुन्दर घरलाई
पुरुषहरुले आफ्नो बिर्य बोक्ने
झोला सम्झिन्छन्
या त सुर्के थैली
जे पुरुषमा छ त्योसबै ममा पनि छ,
हामी स्त्रीहरुमा छ,
यो जगतका हरेक सजिव पोथीहरुसङ्ग छ
तर ममा, हामीमा, स्त्रीमा, नारीमा
यी पोथीमा जे छ त्यो पुरुषमा छैन
कदापि छैन र हुन पनि सक्दैन ।

छोरा अझै कान थुन्ने गरेर सुन,
होला यो विज्ञानले पुरुषलाई स्त्री बनाएको
तर,
लिङ्ग परिवर्तन गर्दैमा कोही
स्त्री हुनै सक्दैन,
कुनै नारीलाई पुरुष बनायो भने
त्यो नारी नै हो,
मात्र उसको लिङ्ग फेरीएको हो,
स्वभाव फेरीदैन, नारीमा हुने कोमलता फेरीदैन
माया फेरीदैन र नारीको ममता फेरीदैन ।

छोरा सुन्न मन छ भने सुन,
सुन्न मन छैन भनेपनि सुन,
कुनैपनि विद्वान, सादुसन्त
नारीको कोखबाटै जन्मिएका हुन्,
गर्भमा हुँदा कोहीपनि राम्रो नराम्रो भन्ने हुँदैन
यो सबै जन्मपश्चात परिवेशले गराउने हो
कोही सादु सन्त कोही गुण्डा,
कोही धनी त कोही गरिब !
आमा सृष्टि हो, विधाता हो, संसार हो
यो कुरो किन बुझ्दैन पुरुषले ?
ए ! पुरुष तिमीलाई जन्म दिने भनेकै आमा हो
यो कहिल्यै नबिर्स कहिल्यै ।

✍️सुरेन्द्र शाही “गुलाब कान्छो”,बाजुरा

चर्चामा

सम्बन्धित समाचार