शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कविता “म अछुत भए मलाई न छोउ”

कविता “म अछुत भए मलाई न छोउ”

  • मङ्लबार, असार १५, २०७८
कविता “म अछुत भए मलाई न छोउ”

तिमी त्यो बाटो मन्दीर जादै छौ
मसंग लसपस भयौ की चोखिर जाउ
म अछुत छु मलाई छुदै नछोई
तिमी त्यो बोटो जोगीएर जाउ
महिना-वारी भएकी छु म
हेर मबाट रगत छुट्टीएर पारी गएकी छु
घृणा लाग्छ तिमीलाई स्वतह खोल्न सकिन्न
जन्मसीद्ध मुल द्वारहरुको खुल्ला बिरोधमा
बोल्न नसकिएर पो त
नत्र बाआमाको थोत्रा वस्त्र गनाउछन अचेल
उहाहरूको पुर्खेली कर्मले लाज बनाउछ
म त अछुत नै भए मलाई न छोउ//

मेरो यही जातले खै के गर्यो
तर उपाहर लाग्छ मलाई यही जात
धन्य छु रगत चलाउछ शरीरर चलाउछ
कुदृष्टी चलाउछ यत्रतत्त्र चलाउछ
गंगाले सोध्दैन कुन जाती
मन्दीरले बोल्दैन तिमी फरक नानाभाती
अनि यी सबै पवित्र स्थलमा संज्ञा जोड्दै
तिम्रै अछुतो मान्छे म तिमीबाटै रोकिन्छु
भान्छामा, घरमा, थरमा, धारोपधेरोमा
जलमन्दीरमा फेरी ओछ्यानमा रोकीन्न
हो म अछुत भए नछोउ मलाई
तिम्रै संगतले हो म अछुत भए//

भगवान मेरो पनि छन
म पुज्छु:
म अछुत छु, म महिनीवारी छु
म कामी हु, म दमाई हॅु, म बेश्या हॅु
मेरो ईश्वरले मलाई विभेद गरेको छैन
मैले चढाएको प्रसाद अस्वीकार गरेको छैन
म कर्मकाण्क हॅु, म पुजारी हॅु, म देव दुत हॅु
तिम्रा मेरा ईश्वर फरक परे होलान
ठिकै छ तिम्रा भगवानले फरकै बोल्छन होला
तर मैले स्वयंम सुनेकी छैन
म प्रमात्मा तिम्रो बिरोधी भनी
त्यही कारण म सुन्न चाहान्न भगावनको,
नामलाई पाप न बोकाउ, ईश्वरले स्वीकार्दैन
उ अछुत छ उ अछुत हो बदनाम नपारी देउ ईश्वरको
म अछुत भए तिम्रो संगतले भए
म अछुत भए मलाई केवल तिमी नछोउ//

लेखक: स्मृति रोकाया(अनुस्मृति)
कोल्टी(बड्डाला) बु.न.पा-३(बाजुरा)
स्टाफ नर्स(स्नातक)
हाल काठमाडौ
(@anusmirt87)

चर्चामा

सम्बन्धित समाचार