शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • तिम्रो वचनको जवाफ व्यबहारमा दिदै छु ।

तिम्रो वचनको जवाफ व्यबहारमा दिदै छु ।

  • बिहिबार, असार १७, २०७८
तिम्रो वचनको जवाफ व्यबहारमा दिदै छु ।

तिम्रो वचनको जवाफ व्यबहारमा दिदै छु ।
कतैतिम्रो मुटु दुख्छ कि स्याहारमा दिदै छु ।।

गरीब छु धनको त लाख नखोज्नु मबाट,
खुशी सबै लिलाम गरी हजारमा दिदै छु ।।

मलाई हराइ आफै जितेकोमा तिमीलाई,
मेरो यही मुटु पनि उपहारमा दिदै छु ।।

नहुन सक्छ भेट छुटेपछि अन्तै हिडेपछि,
लैजाऊ आजै मजे दिन्छु हतारमा दिदै छु ।।

म मजस्तै रहिन भने मायामा धोका हुँदा,
धोखेबाजलाई मेरो सर्वस्व रहरमा दिदै छु ।।

©-गुलाब कान्छो,बाजुरा

चर्चामा

सम्बन्धित समाचार