शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • शाहीका केही साइनो

शाहीका केही साइनो

  • शनिबार, असार १९, २०७८
शाहीका केही साइनो

१. ललिपप जस्तै भो
ए भ्रष्ट नेताहरू होौ
हाम्रो देशको संविधान ।
२.
भ्रष्टाचारीको जालो
ठगहरूको संजाल
टिलिक्क सिसाको महल ।
३.
दुर्गति भो देशको
उभोगति भो नेताको
ट्याल्ल हामी नेपालीहरू ।
४.
घाम अनि बादल
फेरीदो छ मौसम यो
हुन्छ आगमन ॠतुको ।
५.
भाषण आदर्शका
शून्य छन् व्यबहारमा
पछ्याए सिद्धान्त माओका ।
६.
सम्झिन्छु बारम्बार
खै अमर इतिहास
फर्कौ हे पृथ्वीनारायण ।
७.
गोली नै ठोक्नुपर्छ
अत्याचार रोक्नुपर्छ
विकासे भारी बोक्नुपर्छ ।

©-गुलाब कान्छो,बाजुरा

चर्चामा

सम्बन्धित समाचार