मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • कला /साहित्य
  • उम्लेको रगत!लघुकथा!

उम्लेको रगत!लघुकथा!

  • शनिबार, असार १२, २०७८
उम्लेको रगत!लघुकथा!

सुरेशकुमार पान्डे — हो यो बर्गिय शंघर्ष भनेको?यो शंघर्षबाट मेरो मुक्तिको के सरोकार छ?गैजाउ यँहाबाट मलाई चाहिँदैनन् तिमिहरुको आसवासन!बिर्खे रिसले मुरमुराउँदै दिनानाथ सँग झर्किन्छ।हो किन नझर्किने अहिले बिर्खेको रगत उम्लिएकोछ।हिँजो उसकी आमालाई होटेलमा चिया पिएका गिलास समेत धुन परेको ताजै थियो,केहि दिन पहिले उसैको बैनीलाई दलित भएकै कारण अपहेलित हुनुपरेको थियो,स्वायम बिर्खे आफैलाई दलित भएकै कारण दिनौ गाउँमा आफु भन्दा साना बालबालिकाले पनि तिमि भनेर बोलाउँदा उस्लाई हिनताबोध हुन्थ्यो।सरिरमा उम्लेको रगतले उस्लाई बाहुन र क्षेत्रिको बिरुद्धमा खडागरेको थियो।
यही बेला दिनानाथ बिर्खेको आरनमा कोदालीहरु लिएर पिटाउँन भनी आएको बेला यिनै बिषयलाई लिएर सम्झाउँदै थिए।दिना नाथ स्वायम बाहुँन भएकोले आज बिर्खेलाई सबै क्षेत्रि बाहुँन एकैनासे लाग्न थालेछन।फेरी पनि दिनानाथलाई एउटा होनहार युवाले गलत बाटो छोपन थालेको देख्दा दुःख लागेर उस्को भबिस्य गलत बाटोमा नजावस भन्ने उदेश्यले सम्झाउँन थालेका थिए।उन्ले गरिबहरुको एकताको कुरा गर्दा बिर्खे रिसाएको हो,गरिबहरुले पनि त जातिय बिभेद गर्छन यस्तो अबस्थामा खालि बर्गशंघर्ष का कुराले जातिय मुक्ति हुँदैन भन्नेमा बिर्खे पुगेको थियो।
बिर्खेको बा बितेको दुईबर्ष जति भएको थियो।दिनानाथ र बिर्खेको बाउ जङ्गे घनिष्ट मित्र थिए।उनिहरुको बिचमा जातिय बिभेद थिएन।पञ्चायति कालमा राजतन्त्र बिरुद्धाको आन्दोलनमा दुबैको राम्रो योगदान रहेको थियो।पेसाले जङ्गे आर्ने थिए आफ्नो आरनमा थुप्रै डिजाईनका गाग्रि ताउँला हाँशि कोदाली बञ्चरा आदी समान आफै निर्माण गर्थे।जङ्गेको कलाबाट दिनानाथ मात्रै होईन सारा गाउँ र टाडा-टाडाका मान्छेहरु प्रसन्शा नगरि छाड्दैनथे।दिनानाथ एउटा सरकारी स्कुलमा हेड्मास्टर बाट अबकास प्राप्त गरेका हुँन।उनिहरुको सानै देखिको दोस्ती थियो प्रायजसो दिनानाथले आरनमा बसेपछि पानी भएपनि जङ्गेको घरबाट मगाएर पिएरै आउँथे उन्लाई तिर्खा नलाएपनि पानी पिन्थे ताकी आफ्नो ब्यबहारमा जङ्गेले सङ्का नगरुन भनेर।तर आज बिर्खेका कुराले दिनानाथलाई अलि धक्का लाग्यो तर पनि उन्ले आफुलाई समाल्दै।
बाबु तिम्रो उमेरमा हामि पनि यस्तै गर्थ्यौ,यो उमेर यस्तै जोसिलो हुन्छ।तातो हाम्रो युवा रगतलाई आई परेका समस्याहरुले झन उमालेका हुन्छन।तिमिले धर्य राख आबेशमा आएर कुनै गलत काम नगर्नु!भन्दै बिर्खेलाई सम्झाउँछन।
हजूरका कुरा ठिकै हुन बुबा हजूर मेरोलाई मेरै बुबा समान हुनुहुन्छ तर मलाई जातिय मुक्ति गर्नुछ,मैले यो अपमान सहन सक्तिन!भन्दै आफ्नो दुखोसो पोख्छ।अहिले बिर्खेको कुरामा थोरै नमि आएको देखेर दिनानाथले सन्तुष्ट हुँदै-बाबु अहिले तिम्रो बुबा छैनन् अब घरको मुलि तिमिनै हौ तसर्थ आबेशमा कुनैपनि यस्ता पाईला नचाले जस्लेगर्दा पछि पछुताउँन परोश!भन्दै सम्झाए।तर बिर्खेको आखामा एउटा ज्वाला थियो जो धेरै बर्ष पहिले जङ्गेको आँखामा हुने गर्दथ्यो।
यो युवाहरुको उम्लेको रगतले गलत बाटो छोप्यो भने जीवनभरीको पछुत हुनेछ।आबेशका कुनैपनि ब्यबहार ठिक हुँदैन भन्नेकुरा दिनानाथलाई थाहाछ।दिनानाथले राजतन्त्रको खिलाफ लड्दा धेरै त्याग बलिदान दिनु परेकोथियो।हिँजो स्वायम माओवादीको जनयुद्ध ताक जङ्गे समेतले बाहुनका घरमा पस्ने र उनिहरुको जन्ञै चुँडाल्ने गरेको प्रष्ट देखेकैहो।त्यो बेलामा जङ्गेले उनिहरुले गरेको कामकार्वाहीको खुब बिरोध गर्नाले गाउँका दलितहरुको नजरबाट खसेको थियो।
बाबु जब हामिले यो फलाम आरनमा हालेर रातो गराउँछौ त्सपछि घनले चोट हान्छौ किनकी फलाम न्रम भएकोहुन्छ।जब यस्लाई तिखारेर धारीलो बनाउँछौँ तब खुकुरी बन्छ।यो समाज पनि ठिक त्यही प्रकारको हुन्छ।समाजलाई जब थाहा हुन्छ यो नराम्रो बिचारहो तब मात्र समाजले त्यसलाई फाल्छन।जब समाजलाई लाग्छ यो रोगहो यो समाजमा रहेको गन्दगिहो कुसँस्कारहो त्यसपछि यो जातिय प्रथा एकछिन राख्दैनन यसलाई मिल्काउँछन। त्यसपछि एउटा निरोगी समाजको निर्माण हुन्छ।
समाजबाट जातिय बिभेदको अनत्य गर्न जबर्जस्ति सकिदैन।बिस्तारै यसलाई समाजबाट मिल्काईन्छ किनकी यो रोग हो तर समाजका अधिकाँश मान्छेलाई यो रोगहो भन्नेबारे थाहानै छैन उनिहरु अज्ञानिछन!भन्दै बिर्खेलाई सम्झाउँने प्रयात्न गर्छन।बुबा मेरा बाले साराजीवन लगाएर फाल्न सक्नुभैन उँहा हजूर जस्तै बर्गिय कुरागर्नु हुन्थ्यो!सोजो हुनु हुन्थ्यो नेताहरुको भड्कावमा रहिरहनु भयो तर मलाई बिस्वासछैन दिनौ जातिय आधारमा घट्ने घटनाले मलाई सिकाउँदैछ मुक्तिको बाटो!बिर्खेले ब्याँग्य कस्छ।तिमिलाई सिकाउँदैछैन दिनौ घटेका घटनाले बाटो जरुर देखाउँनेछ तर त्यसलाई सहि रुपमा बुझ्यौँ भने मात्र।तिम्रो बाले धेरै मानिसहरुमा परिवर्तन ल्याएकाहुन।मैले तिम्रो घरमा गएर भात खान्छु भाउजुलाई तपाई भन्छु हजूर बुबालाई ढोक गर्छु म पनित बाहुन हुँ होईनर?यहि त हो तिम्राबुबाले मलाई सिकाएको।तिमिले मेरा छोरानातिलाई सिकाउँन नसकेर आफै भड्किन थालेकाछौ।यही तिम्रो भित्रको निर्वलपक्षहो जस्लाई लुकाउँन तिमिले हिँशाको सहारालिन खोज्दैछौ।दिनानाथको यो कुराले बिर्खेको उम्लिएको रगत लाई शान्त पार्छ अहिले उस्ले दिननाथ तिर निहुरेर बोल्दै थियो।यस्तो आभाष हुन्थ्यो बिर्खेको भित्री हृदयलाई छोयो यसपालिको दिनानाथको कुराले।समाजलाई परिवर्तन गर्न आफैपनि सचेत हुनुपर्छ मात्रै रोगलाई देखाएर रिगि निको पार्न सकिदैन त्यो रोगको औषधि पत्ता लगाउँनु पर्छ!भन्दै दिनानाथ बिदा हुन्छन।बिर्खेले उन्लाई टाडा सम्म नियालि रहन्छ यँहाको कुरा वजनदारछ भन्दै बिर्खे मनैमनमा मुस्कुराउँछ।साहिद आफु भड्किन लागेको बाट बचाएकोमा दिनानाथलाई मनैमनले धन्यावाद दिदैथियो।(यो कथा काल्पनिकहो यसका पात्र तथा नामहरु काल्पनिक हुँन।कसैको निजि जीवन सँग मेलखाएमा मात्र सञ्जोग हुनेछ।)

चर्चामा

सम्बन्धित समाचार