बिहिबार, अशोज ७, २०७८
  • होमपेज
  • कला /साहित्य
  • हिँजो राणा राजा फाल्न हजारौँ मरेर गएकैहुन!

हिँजो राणा राजा फाल्न हजारौँ मरेर गएकैहुन!

  • आइतवार, असार १३, २०७८
हिँजो राणा राजा फाल्न हजारौँ मरेर गएकैहुन!

हिँजो राणा राजा फाल्न हजारौँ मरेर गएकैहुन!
भुले यिनै पनि शहिदको रगतमा तरेर गएकैहुन।

भएकैछ देशभित्र मानिशको बलि बेला बेलामा,
हजारौँ हजार युवा आन्दोलनमा परेर गएकैहुन।

यिनैहुन राजतन्त्र मास्नलाई योजना बनाउँनेहरु,
सरकारमा यिनै हालिमुहाली गर्न सरेर गएकैहुन।

भन्नथाले राजतन्त्र थियो यो ब्यबस्था भन्दाराम्रो,
देशमा अराजकताको बिउ समेत छरेर गएकैहुन।

पसेर घरघरमै काट बाहुनका टुप्पि चुडाल जन्ञै,
लुटेर बैङ्क देशको सम्पत्ति लाई हरेर गएकैहुन।

हो यिनै त हुन सुरुङ खन्नेहरु नी अनेक ताल गरे,
सरकारमा पुग्न मान्छेबाट नै तल झरेर गएकैहुन।
सुरेशकुमार पान्डे ।

चर्चामा

सम्बन्धित समाचार