शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • समाजलाई बदल्न खोज्नेले आफैलाई बदल्नु पर्छ,

समाजलाई बदल्न खोज्नेले आफैलाई बदल्नु पर्छ,

  • शुक्रबार, असार १८, २०७८
समाजलाई बदल्न खोज्नेले आफैलाई बदल्नु पर्छ,

समाजलाई बदल्न खोज्नेले आफैलाई बदल्नु पर्छ,
सबै रुढीवादी लाई छाडेर प्रगतिशिलमा ढल्नु पर्छ।

राष्ट्रीयता गणतन्त्र र जनजीवीकाको लागि लड्नेले,
आचरण पनि त राम्रो अनि नराम्रोलाई छिचल्नु पर्छ।

थाहाछ त्यत्तिकै हुँदैन देशमा आमूल परिवर्तन पनि,
आफै पनि अग्रिम पङ्तिमा ज्वाला बनेर जल्नु पर्छ।

अरुले के गर्छन छाड आफैले प्रयात्न गरौँ शंघर्ष गर्ने,
समाज भित्र भएका तमाम कुसँस्कार लाई छल्नु पर्छ।

सितिमिति आउँदैन देशमा नौलोजनवादी क्रान्ति पनि,
आफ्नो रगत र पसिनाले देशको माटोलाई मल्नु पर्छ।

जसले देश र जनताको लागि राजनीति गर्नेगर्छ यँहा,
उनिहरु त जनताको दुःख सुखमा सदैभरी रल्नु पर्छ।

नीति र नियममा चल्ने राम्रो कुराहो क्रातिकारीहरु को,
तर पनि सुख्ने होईन संगठन पनि फुल्ने र फल्नु पर्छ।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार