शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कहिले त जीत हुन्छ कहिले हार शंघर्षको यात्रामा,

कहिले त जीत हुन्छ कहिले हार शंघर्षको यात्रामा,

  • शनिबार, असार १९, २०७८
कहिले त जीत हुन्छ कहिले हार शंघर्षको यात्रामा,

कहिले त जीत हुन्छ कहिले हार शंघर्षको यात्रामा,
आफैसँग रिस हुन्छ कहेले प्यार शंघर्षको यात्रामा।

जीवन लामू सफर अनि शंघर्षको मिशाला हुनेगर्छ,
प्रत्येक को भबिश्य हुन्छ निखिर शंघर्षको यात्रामा।

मानिश गलतिको पुत्ला प्राकृतिको कटपुतलि हुन्छ,
ठिक साचो हाम्रो यस्तैछ किरदार शंघर्शको यात्रामा।

नाङ्गै आयौ नाङ्गै जान्छौ तेरो मेरो सबै भ्रमित हुन्छ,
बाकि त सबै साच्चै भन्दा बेकार शंघर्शको यात्रामा

मायाँमा उभिएको यो चराचर जगत हाम्रो भनेपनि,
मान्छेको बाच्ने कला यो आधार शंघर्षको यात्रामा।

स्वर्ग यँही नर्क यही बाकि केहिछैन पानि माटो मात्र,
फर्केर आउँदैन जीवन बारमबार शंघर्श को यात्रामा।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार