मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • मानिश चन्द्रमामै पुग्दा हामी जातमा अल्झिन्छौँ,

मानिश चन्द्रमामै पुग्दा हामी जातमा अल्झिन्छौँ,

  • सोमवार, असार १४, २०७८
मानिश चन्द्रमामै पुग्दा हामी जातमा अल्झिन्छौँ,

मानिश चन्द्रमामै पुग्दा हामी जातमा अल्झिन्छौँ,
छुवाछुत जस्तो रुढीवादी बिनबातमा अल्झिन्छौँ।

एउटै शन्तान भित्र पनि यस्तोछ खिचलो देशमा,
जातिय बिभेदका कुराले वाईहातमा अल्झिन्छौँ।

बाहुन कामि सार्कि आदी पेसामा बाँटे शासकले,
त्यही बिषयलाई लिएर दिनो रातमा अल्झिन्छौँ।

बिकासका कुराहरु कोईराको काग भयो देशमा,
झिना मसिना बिषयमा मुलाकातमा अल्झिन्छौ।

पानी चल्दैन कतै पुशुका पनि जात बाँटेका छन,
एक आपसमा छुवाछुत दालभातमा अल्झिन्छौँ।

देखिरहेकोछुँ मैले पनि हाम्रो देशको समाजलाई,
धनको कतै मदिरा र जातको मातमा अल्झिन्छौँ।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार