शुक्रबार, चैत्र १६, २०८०

गणतन्त्रमा तुवाँलो !

  • शुक्रबार, असार ११, २०७८
गणतन्त्रमा तुवाँलो !

जनक बि सि
# १ – बिनासै बिनास मात्र पारिरहेको छ मनपरि गरिरहेकाे छ र जननिर्वाचित संसदलाई डकैती गरेर गणतन्त्रमा तुवाँलो लागेकाे छ ।
# २ – १९ दिने महान जनआन्दोलन गर्दा जनतन्त्रलाई लाेकतान्त्रिक करण गर्दै गणतन्त्र ल्याउनु आन्दोलनकाे भिजन थियो
तर यहाँ लाेकतन्त्रमा संघियताकाे ” काेले ” भिर्दा
गणतन्त्रमा तुवाँलो लाग्याे।।
# ३ – गणतन्त्र गणतन्त्र प्रधानमन्त्रि भएर बाेलेकाे बाेल्यै छ ।
बुर्जुवा गणतन्त्रमा जनताको आधारभुत समस्या समाधान त हुदैनन् तर यहाँ गणतन्त्रकाे ” मन्त्र ” मा रास्ट्रियता , गणतन्त्र र धर्मनिरपेक्षतालाई धुजाधुजा पारिरहेको छ र गणतन्त्रमा तुवाँलो लागेको छ ।।
# ४ – गणतन्त्र थाेरै प्रगतिशिल र राज्यको एक ब्यवस्था हाे ।
गणतन्त्रमा जनताको माैलिक अधिकार सुरक्षित गरिएका हुन्छन् –
तर यसले त मनपरि गरिरहेकाे छ निर्बाचित संसद दुई पटक खायाे ,
भारतीय नागरिक राजेन्द्र महताेलाई उच्च ओहदामा राख्यो ,
सिमानाहरुमा नागरिकहरुलाई सास्तीकाे सास्ती छ चुप लायाे ,
कालापानीबाट चिनकाे मानसरोवर जाने बाटो पारिकाे धाेतिले खनेर साम्राज्यवादि हस्ताक्षेप गर्दा राम हेरेर बसि रर्‍याे ,
सिमानामा नेपाली धर्ती लुटेकाे लुटयै छ ,
छाेरिहरु दिनदहाडै बलात्कारकाे सिकार भई मरिरहेका छन ,
दलित जातिहरु भेदभावको सिकार बनी ” तथाकथित ” उच्च जातिका वर्गहरुले अन्यायपुर्ण ब्यवहार गरेर विभेद गरिरहदा गत वर्ष सुर्खेतकाे बिवाहमा ६ जना दलित सहित गैर दलित लखेटेर मार्दा पनि मृतकका न्याय न्यायलयमा अध्याराे काेठामा कैद गरेर राखेको छ लगायतका देशमा घटिरहेको घटनाहरु नियालि रहदा गणतन्त्रमा तुवाँलो लागेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार